राष्ट्रिय समाचार

नेपाल आईपुगे एपोलो ११ का अन्तरिक्ष यात्री एल्ड्रिन

पहिलो अन्तरिक्ष यान एपोलो ११ मा निल आमस्ट्रनसँगै चन्द्रमामा पुगेका  बज एल्ड्रिन सेप्टेम्बर ४ तारिक अथवा  हिजो भाद्र १९ गते नेपाल आई पुगेका हुन् । नासाका पुराना बैज्ञानिक एल्ड्रिन एभरेष्ट साइन्स सेन्टर नेपाल, सितागंञ्ज सुनसरीको निमन्त्रणमा नेपाल आई पुगेका हुन् ।

चन्द्रमामा टेक्ने एल्ड्रिन जीवित मध्येका एक मात्र हुन ।  १९६९ जुलाई २० तारिकका दिन निल अल्मस्टनले चन्द्रमामा पहिलो पटक पाइला टेकेका थिए भने त्यसको करिव ६ घण्टा पछि एल्ड्रिनले चन्दमामा पाइला टेकेका थिए । उनीहरु दुवैले करिव २ घण्टा चन्दमाको यात्रा गरेका थिए । केही बर्षअघि निल अलमस्टनको निधन भैसकेको छ । ३ सदस्य टोलीमध्ये एल्ड्रिन र अल्मस्टनले अन्तरिक्षमा पाइला टेकेका थिए ।

उहा सेप्टेम्बर ६ तारिकमा एभरेष्ट साइन्स सेन्टर सितागञ्जमा र ८ तारिकमा प्रज्ञा भवन कमलादी काठमाण्डौमा हुने कार्यक्रममा सहभागी हुने साइन्स सेन्टरले जानकारी दिएको छ ।  उनका अनुसार एल्ड्रिनको टोलीले माउन्टेन फ्लाईटबाट विश्वको सवोच्च शिखर सगरमाथाको अवलोकन र बुद्धको जन्मस्थल लुम्बीनिको अवलोकन गर्नेछन् । नासाकी अध्यक्ष एलिजाबेथ लेवलेन्स, वैज्ञानिक जोसेफ लेवलेन्स पनि कार्यक्रममा सहभागि हुन सेप्टेम्बर २ तारिकमा नेपाल आई सकेका छन ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!