मुख्य समाचार

क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको निधन

एजेन्सी, शनिबार, ११ मङि्सर २०७३ । क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको निधन। क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको छ।  क्युवामा कम्युनिष्ट क्रान्तिका पिता(नायक) मानिने फिडेल क्यास्ट्रोको मृत्यु स्थानीय समय अनुसार शुक्रबार राति साँढे दश बजे भएको हो। उनको अन्तिम संस्कार शनिबार गरिने बीबीसीले  जनाएको छ।

उनका भाइ तथा वर्तमान् राष्ट्रपति राहुल कास्ट्रोले क्युवाको राष्ट्रिय टेलिभिजन मार्फत पूर्वराष्ट्रपतिको निधन भएको खवर शनिबार सार्वजनिक गर्दै भने, ‘क्युवाको क्रान्तिका सर्वोच्च कमाण्डर तथा पूर्व राष्ट्रपति कास्ट्रोको शुक्रबार राति निधन भएको छ ।’ ९ सन्तानका पिता क्यास्ट्रो १९१३ को अगष्ट १३ मा जन्मिएका थिए ।

२००८ मा एक गम्भीर विरामीका कारण उनले पदत्याग गरी आफ्ना भाई राउल क्यास्ट्रोलाई सत्ता हस्तान्तरण गरेका थिए। १९५९ मा क्युवाका तानाशाह फुलखेंसियो बविस्तालाई सत्ताबाट हयाएर फिडेल क्यास्ट्रोले क्युबामा कम्युनिष्ट सत्ता स्थापना गरेका थिए। त्यसपछि उनलाई करिब चार दशकसम्म अमेरिका विरोधीका रुपमा चित्रण गरियो।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!