खानपान

पालुङ्गोको साग र यसको फाइदा

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

स्वास्थ्यको दृष्टिकोणले हरियो सागपातलाई हाम्रो दैनिक आहारमा समावेश गर्नु अनिवार्य मानिन्छ । सागमा पनि चम्सुर र पालुङ्गो मन नपर्ने विरलै होलान् । अझ पालुङ्गोको साग त मीठो हुनुका साथै स्वास्थ्यका लागि पनि धेरै लाभदायक हुन्छ ।

भिटामिन, मिनरल्सले भरिपूर्ण पालुङ्गो लो-क्यालोरीयुक्त हुन्छ । यसैले तौल घटाउन चाहनेका लागि यो साग राम्रो विकल्प हुनसक्छ । भिटामिन ए, बी २, सी, ई, के, आइरन, क्याल्सियम, म्याग्नेसियम,म्याग्नेस, फोसफोरस, जिन्क, सलेनियम, प्रोटिन लगायत विभिन्न पोषणले भरिपूर्ण पालुङ्गोलाई विभिन्न तरिकाले खान सकिन्छ ।

पालुङ्गोका फाइदा

१. पेट, कलेजो लगायत शरीरका विभिन्न भागमा जमेर बसेको विषाक्तता हटाउँछ ।

२. मांसपेशी बलियो बनाउँछ ।

३. आइरन प्रशस्त मात्रामा पाइन्छ ।

४. मुटुको हिफाजत गर्छ ।

५. क्यान्सर विरुद्ध लड्न सहयोग गर्छ ।

६. शरीरको जलन कम गर्छ ।

७. रक्तचाप कम गर्न मद्दत गर्छ ।

८. आँखा तेजिलो बनाउँछ ।

हामीले थोरै मात्र मेहनत गर्नसके ताजा तरकारी उत्पादन गरेर धन मात्र होइन स्वास्थ्यलाई समेत थुप्रै फाइदा दिन सक्नेछौं । अल्छी रोग हो भने परिश्रम उत्पादन हो केहि नगरे केहि हुदैन यो सबैले बुझ्न आवश्यक छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

थप सम्पर्कको लागि

डा. राम बहादुर बोहरा

कुमारवर्ती हेल्थ क्लिनिक/कुमारवर्ती औषधालय/ बोहरा होम्योपैथिक फार्मेसी

मध्यबिंदु नगरपालिका, नवलपरासी, नेपाल

सम्पर्क : ९८५७०-४०२९८, ०७८-४१००२९

यो पनि पढनुहोस्

चना र यसका फाइदाहरू

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!