लेखहरुविचार-विश्‍लेषण

नेपालीको कथा आफ्नै वेथा

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

विश्वमा एउटा गरीब राष्ट्र रहेछ त्यहाँ जुन हिसाबले विकास हुनुपर्ने थियो बढ्न सकेन भन्दै केही व्यक्तिहरू कराएकाले कान नछामी अरूको भनाईमा हो हल्ला गर्दै पछि लागेछन् । पछि लाग्नेहरूको सोच पनि नराम्रो थिएन होला किनकि जनताका छोरा शासक भए देश परिवर्तन होला भन्ने सोच राख्नु पनि स्वाभाविक मान्नुपर्छ ।

गरीब राष्ट्रको उत्थानका लागि चुनाब लडाएर नेतृत्व वर्गलाई पठाउने काम भएछ । चुनाबमा बाकस थाप्नेहरूले चुनाब गर्न कसैले घर बेचेछन्, कसैले खेत बेचेछन्, कसैले वैङ्कसंग ऋण लिएछन्, कसैले जग्गा नै धितो राखेर पैसा निकालेर चुनाबमा भाग लिएछन् । चुनाव प्रतिस्पर्धामा भएछ जसले सवैभन्दा बढी खर्च गरेको थियो उसको विजय भएछ ।

सरकारले उर्दी जारी नगरेको पनि भन्न मिल्दैन यहाँ जनता नै बेबकुफ भएपछि कसको के लाग्छ । हामीले खान पाए यो सोचेका हुदैनौ कि भोली हामीले खाएको पैसा तिर्नुपर्छ । आज नेपाली जनतालाई न ठग्नेको छ । विदेशबाट सामान सस्तोमा आउछ महंगो तिरेर खान प्रयोग गर्न हामी बाध्य भएको अवस्था छ ।

कौवाले कान लगेव भन्दैमा कान नछाम्नु हाम्रो पनि गल्ती छ । हिजको राजसंमस्थाका पालामा पनि तिनै नेपाली नागरिक थिए । हिजो देशमा थुप्रै कामहरु नभएका भन्न मिल्दैन किनभने ति कामहरू जनताले नदेखेको पनि हुन सक्छ । आज कतिपय बनेका समरचना भताभुङ्ग पारियको छ यो सवै तपाईं हाम्रो पसिना हो । नया बनाउदा पनि तपाईं हाम्रो पसिना जाने हो ।

हामीले देशमा आमुल परिवर्तन चाहेका छौं भने हामीले पनि यस्ता विषयमा चासो दिन सक्नुपर्छ । आज म कुनैपनि पार्टीको किन नहोउ यदि सहि कामको लागि बोल्दैमा पार्टीले कार्वाही गर्छभन्ने डर नमान्नु होस जस्तो देखिएको छ त्यस्तै हामीले भन्न सक्नुपर्छ । आज पैसा खर्च गरेर चुनाव लड्ने ले चाहे तपाईं हामी जो सुकै किन नहोस उठाउन खोजेको हुन्छ । उठाउने क्रममा इनै जनताको पसिना माथि भ्रष्टाचार भएको हुन्छ ।

विकास गर्न त सवै लाग्नुपर्छ र मात्र विकास सम्मभव छ । नेतृत्वको कर्तव्य भनेको निर्देशन दिने हो मेहनत तपाईं हामीले नै गर्नुपर्ने हुन्छ । हिजो राजसंस्थाको पालामा पनि हामीले नै दिएको रकमबाट विकास भएको थियो उद्योग खुलेको थियो पूर्व पश्चिम राजमार्ग बनेकै थियो यहाँ जनताले आफ्नो गाउँ आफै बनाउ भन्ने कुरा हिजो भनेको भए नेपालमा धेरै विकास हुने थियो तर आज हरेक बस्तुमा कमिसनको खेल छ ।

यहाँ सवैभन्दा पहिलो काम भनेको बन्द उद्योग खोल्नुपर्ने हो तर यहाँ त्यो हुन सकेन दैनिक ब्लत्कार हत्या हिंसा बढ्दै गएको छ । राष्ट्रको लागि केहि सन्तोषजनक काम गर्नुपर्नेमा हुन नसक्नु दु:खको कुरा हो । सरकाले पहिलो प्राथमिकता विकासलाई दिनुपर्ने थियो तर नेतृत्वले आफ्नो सेवा सुबिधा मात्र नेतृत्वको ध्यान पुगेकाले देश अोरालोतर्फ लाग्दै गयो । उत्पादनमुलक काममा देशले राम्रो प्रगति देखाउन सके यहाँ नेतृत्वले घरै पिच्छे हेलिकप्टर राखेपनि कोही बोल्ने थिएन भन्ने यो कथाले देखाएको छ । सुन्नेलाई सुनको माला भन्नेलाई फूलको माला । यो कथा काल्पनिक हो मेल खाएमा संयोग सम्झनुहोला ।

*यो लेखकको निजी नितान्त विचार हो ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्    

नेपालमा के छैन ?

नेपालमा लोकतन्त्र उपहासको संकेत

के यसरी विकास होला त नेपालमा ?

नेपालबाट बृद्धहरुको पलायनको खतरा बढ्दै

देश कता गई रहेको छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!