रोचक

मानिसको शरीर सम्वन्धी आश्चर्यजनक तथ्यहरु

मानिसको शरीर सम्वन्धी आश्चर्यजनक केहि तथ्यहरु प्रस्तुत गरिएको छ ।

१) मान्छेको मस्तिष्कमा १ सय विलियन न्यूरोन्स हुन्छन् र ३५ वर्षपछि दिनहुँ करिब ७ हजार न्यूरोन्स नष्ट भएर जान्छन् ।
२) मुटुले पम्प गर्ने १ सय प्रतिशत रगतमध्ये १५—२० प्रतिशत रगत मस्तिष्कमा पम्प हुने गर्छ ।
३)  मस्तिष्कको तौल करिब १३००—१४०० ग्राम हुने गर्छ ।
४)  सामान्य पुरुषको मस्तिष्कको तौल १ हजार ३ सय ७५ ग्राम हुन्छ जुन महिलाभन्दा १ सय ग्राम धेरै हुने गर्छ ।
५) प्राय टाउकोबाट दिनहुँ ८० वटा कपाल झर्ने गर्छ ।
६) चिसो मौसमले मानिसको सोच्ने शक्ति र एकाग्रता बढाउँछ ।
७) सुत्दा एन्टेरिएर पिट्यूटरीबाट ग्रोथ हर्मोन भन्ने हर्मोन निस्कने गर्छ जसले मानिसको उचाई बढाउन मद्दत गर्छ ।
८)  पुरुषभन्दा महिलामा ९ गुना दुःखाई सहनसक्ने क्षमता हुन्छ ।
९) रक्तचाप र मधुमेहका कारण ६६ प्रतिशत मृर्गौला फेल हुने गर्छ ।
१०)  हरेक दिन हाम्रो मुटु करिब १ लाख पटक धड्किन्छ ।
११) हाम्रो शरीरमा ६३९ वटा मांसपेशी हुन्छन् र एक जना मानिस हाँस्दा करिब ३० वटा मांशपेशीको अभ्यास ९ (एक्सरसाइज) हुने गर्छ ।
१२) हाम्रो शरीरमा दिनहुँ १ सय बिलियन रेड ब्लड सेल आर.बी.सी. बन्ने गर्छ ।
१३) जिब्रोमा हुने टेष्ट बड करिब १० दिनसम्म बाँच्ने गर्छ ।
१४) एकपटक आर बी सी सी लाई पूरै शरीर परिक्रमा गर्न १० सेकेन्ड लाग्छ ।
१५) एउटा सामान्य मान्छेले आफ्नो पूरै उमेरमा करिब १६ हजार ग्यालेन जति पानी पिउने गर्छ ।
१६) आफ्नो पूरै उमेरमा एउटा सामान्य मान्छेले दुईवटा स्वीमिङ पुलमा भएको पानी बराबर थुक्ने गर्छ ।
१७) हरेक दिन संसारभर २० हजार मानिसको मृत्यू क्यान्सरका कारण हुने गर्छ ।
१८) पुरुषमा प्राःय फोक्सो, पेट र प्रोस्टेटको क्यान्सर हुने गर्छ भने महिलामा प्रायः स्तन, सर्भिक्स र आन्द्राको क्यान्सर हुनेगर्छ ।
१९) हाम्रो नाकले सास लिन मात्र नभएर गन्ध थाहा पाउन, फोहोर र धूलोलाई फोक्सोमा छिर्न, चिसो हावालाई तातो र तातो हावालाई चिसो      बनाउ मद्दत गर्छ ।
२०) एउटा मानिसले एक मिनेटमा करिब २५ पटक आँखा झिम्क्याउने गर्छ ।
२१) हात र खुट्टाको नङ्गलाई जरादेखि टुप्पोसम्म उम्रिन ६ महिना लाग्ने गर्छ ।
२२) मानिसको छालामा ४५ माइल्स बराबरको नशा हुने गर्छ ।
२३) शरीरलाई स्वस्थ बनाउन मानिसको कलेजाले ५ सय वटा फरक भूमिका खेल्ने गर्छ ।
२४) मानिसको जिब्रोमा १० हजार टेष्ट बड हुने गर्छ ।
२५) शरीरमा सबैभन्दा सानो हड्डी कानमा पाइन्छ जसको नाम स्टेप्स हो ।
२६) मानिसले १० हजार वटा गन्ध छुट्याउन सक्छ ।
२७) कफीले पार्किन्सन्स भन्ने रोग लाग्न दिँदैन ।
२८) मानिसको पेटले २ लिटर सम्मको खाएको कुरालाई थेग्न सक्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!