जडिबुटी अपमार्ग र यसको प्रयोग
आजकल यो रोग फोहर खानपिनको कारण गरीव बस्तीहरूमा बढी पाइएको छ । यो रोग विशेष गरी फोहर खाना खानेहरूमा बढी देखिएको छ । पहिलेको तुलनामा अहिले कमि देखिएको छ । आज यो लेखमा अपमार्गबारे प्रकाश पार्दैछु ।
हुनत: आजकल यो रोगको औषधि थुप्रै बनेका छन् पातलो पखला र उल्टी हुनासाथ अपमार्गको जराको चुर्ण ६ ग्राममा सोफको अर्क वा पकाएको पानीसंग यो औषधि मिलाएर सेवन गराएमा यो रोग निको हुन्छ ।
हाम्रो घर वरीपरी अपमार्ग प्रशस्त उम्रेको देखिन्छ तर यो चमत्कारिक शक्ति सम्पन्न औषधिको श्रेणी अन्तर्गत पर्दछ । चमत्कारयुक्त औषधि भन्नाले छोएर बुटि बाधेर जुन औषधि काम गर्छ त्यसलाई भन्ने गरिन्छ ।
असमयमा हुने गर्भपतन रोक्न बुटिको रूपमा यो औषधि प्रयोग गर्नाले गर्भपतन हुनबाट रोक्छ भनेको छ । अर्को रोचक प्रसंग अपमार्गको दतिवन गर्नाले मानिस जे बोल्छ त्यही पुग्छ तर यो नियम छ महिनासम्म गर्नुपर्छ ।
अन्तमा अपमार्गको जराको तिलक लगाउनाले जस्ले देख्छ उ मोहीत हुन्छ भनेको छ । यो बुटिको टिका नेताहरुले प्रयोग गरेमा जनताको प्यारो हुने नेताले जे भन्छन् त्यही गर्ने शक्ति पैदा हुन्छ भनेर अनुभुत योगमा लेखेको छ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।
यो पनि पढ्नुहोस्