स्वास्थ्य

आयुर्वेदका जन्मदाता धनवन्तरी

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

धनवन्तरीको सम्झना प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन गर्ने गरिन्छ । आयुर्वेदका जन्मदाता मान्ने चलन छ । आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाताका रुपमा लिइने धनवन्तरीलाई चिकित्सा विज्ञानका पिताको रुपमा पनि लिने गरिन्छ । समुद्र मन्थनबाट उत्पत्ति भएका आयुर्वेदका प्रवर्तक धन्वन्तरीको सम्झनामा धन्वन्तरी दिवस मनाइँदै आएको छ ।

हातमा बैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रुपमा जडीबुटी लिएका धनवन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ। देवता र दानव मिलेर वासुकी नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा धनवन्तरीको उत्पत्ति भएको पुराणमा उल्लेख छ।

तर धन्वन्तरिको प्रादुर्भाव समुद्र मन्थनबाट भएको र उत्पन्न हुँदा उनले हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले यस दिनलाई भाँडाकुडा किनमेलका लागि शुभ मान्न थालिएको हो । पौराणिक गाथामा धन्वन्तरिको जन्मवृत्तान्त देवता र असुरद्वारा गरिएको समुद्र मन्थनसँग सम्बद्ध देखापर्छ । समुद्रमन्थनका क्रममा धन्वन्तरिको उत्पत्ति भएको हो। उनी सर्वप्रथम आफ्ना हातमा अमृत भरिएको कलश लिएर प्रकट भएका थिए। त्यसैले उनको अर्को नाम ’पीयूषपाणि धन्वन्तरि’पनि हो। उनलाई भगवान् विष्णुको अवतार पनि मानिन्छ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्     

आयुर्वेदिक उपचार पद्धति र यसको उद्देश्य

आयुर्वेद र यसको भविष्य

आयुर्वेदिक औषधि र यसको रहस्य

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!