स्वास्थ्य

आयुर्वेदिक औषधि र यसको रहस्य

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

कुनै पनि लामो समयसम्म काम गर्ने औषधिले तत्काल फाइदा नदेखाउदा मन आत्तिनु स्वाभाविक हो तर आयुर्वेदमा यस्तो सोच्नु नितान्त गलत छ । आयुर्वेदिक औषधिले ढिलो काम गर्छ तर असर लामो समय रहन्छ । औषधि र दवाईको भिन्नता भनेकै यही हो । दवाई भन्नाले एलोपैथिक भनेर बुझ्नुपर्छ । २२ औं शप्तादीमा आएर कतिपय एलोपैथिकको रेजीस्टेण्ड हुनाले कुनै कुनै रोगमा काम गर्न सकेको छैन ।

आयुर्वेदिक औषधीमा भने रेजीस्टेण्ड हुने खतरा कम हुने हुनाले बढी समय यसको प्रभाव हाम्रो शरीरमा रहन्छ तर एलोपैथिक भने पिसाब दिसाको माध्यमबाट बाहिर निस्कन्छ । आज आयुर्वेदिक औषधिले पनि केही काम नगरेको गुनासाहरू सुन्नमा आएको छ । आयुर्वेदिक औषधि निर्माण गर्दा औषधि जडिबुटी कच्चा पदार्थमा भरपर्दछ । आयु/समयलाई ध्यान दिएर मात्र औषधि उत्पादन गर्न सकेको खण्डमा राम्रो फाइदा देखिन सक्छ । आयु भनेको उमेर र समय भनेको दिनलाई भन्नुपर्दछ ।

आयुर्वेदिक औषधि हमेसा युवा अवस्थामा ओखलेको औषधि धेरै प्रभावकारी हुने हुदा यो कुरामा ध्यान दिन सके चमत्कारीक फाइदा आयुर्वेदिक औषधिबाट लिन सकिन्छ । आज जतिपनि कम्पनीले आफ्नो जग्गामा होस या बाहिरबाट ल्याएको होस बुझेर मात्र औषधि निर्माण कार्यमा शास्त्रीय विधि विधान अनुसार औषधि उत्पादन गर्न सके चमत्कारीक फाइदा देखिन्छ ।

आयुर्वेदिक औषधिलाई तीन भागमा बाडिएको छ जस्तै बालक, युवा र बृध । बालक अवस्था र बृध अवस्थामा निकालेको औषधिको गुण कमजोर भनिएको छ भने युवालाई प्रभावकारी मानिएको छ । आयुर्वेदिक औषधि आयुपछि समयको ठूलो महत्व छ विहान निकालेको औषधिमा रस बढी हुन्छ भने दिउसो निकालेको औषधिमा रस सुकेको हुन्छ । जडिबुटी हमेसा छायामा सुकाएको बढी उपयोगी हुनेकुरा आयुर्वेदिक शास्त्रमा उल्लेख गरेको पाइन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्    

आयुर्वेदिक उपचार पद्धति र यसको उद्देश्य

आयुर्वेद र यसको भविष्य

आयुर्वेदिक जडिबुटी जामुन र यसको प्रयोग

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!