विज्ञान जिज्ञासा

विना स्टार्टर ट्युब लाइट बल्दैन तर बलिरहेको ट्युब लाइटको स्टार्टर झिकिदिँदा पनि किन बलिरहन्छ  ?

हामी घरमा राती उज्यालोको लागि टयूवलाइट प्रयोग गर्दछौ । ट्युबलाइटको परिपथमा मुख्यतः ट्युबलाईट, चोक र स्टार्टर ३ भाग हुन्छन् । ट्युबलाइटको भित्र दुवैतिर क्वाइलले वेरिएका फिलामेन्ट हुन्छ । स्वीच थिच्ने बित्तिकै चोक फिलामेन्ट एवम् स्टार्टरमा बग्ने धारा विद्युतले फिलामेन्ट भित्रको तारलाई तताएर त्यसवाट इलेक्ट्रोनहरू उत्पादन गर्दछ । तर सामान्य भोल्टमा इलेक्ट्रोनहरूको विसर्जन र विद्युत धाराको प्रवाह दुवै फिलामेन्टको विच हुन सक्देन । त्यसैले भोल्टलाई क्षणिक रूपमा भएपनि बुद्धि गर्न आवश्यक हुन जान्छ ताकि पर्याप्त मात्रामा इलेक्ट्रोन उत्पादन भएर दुवै फिलामेन्टको वीच बिसर्जित हुन सकोस् र विद्युत धाराको प्रवाह दुवै फिलामेन्ट वीच भएर पूर्ण परिपथ बन्न सकोस ।

ठीक त्यसै समय स्टाटरले कार्यशील परिपथको विच्छेद गराएर चोकको सहायताबाट फिलामेन्ट वीच इन्डक्टिभ भोल्टेज उत्पन्न गराएँदछ । यहि क्षणिक उच्च भोल्टेजले अलग्गै रहेका दुई फिलामेन्ट वीच इलेक्ट्रानेहरूको सिजना गराउछ र यिनीहरूको वीच धारा विद्युत सुचारु रूपले प्रवाह हुन जान्छ । एक पटक फिलामेन्ट विच परिपथपूर्ण भइसकेपछि अर्थात इलेक्ट्रोनहरूको विसर्जन एवम धारा विद्युत सुचारु रूपले प्रवाह भइसेकपछि उच्च भोल्टेजको आवश्यकता रहदैन । साथै स्टार्टरको काम पनि समाप्त हुन्छ । यही कारणले गर्दा स्टार्टर बिना ट्युबलाइट बल्दैन तर बलिरहेको ट्युबलाइटको परिपथवाट स्टार्टर झिकिदिँदा पनि ट्युबलाइट बलिरहन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!