यौन जिज्ञासा

सेक्समा चरम आनन्द प्राप्त गर्ने चरणहरु

सेक्स प्राकृतिक विषय हो । यौनसम्पर्कमा पुरुष र महिला दुवैको उत्तिकै सहभागिता हुनुपर्छ । दुवैले यौनसम्पर्कका बेला यौन आनन्द प्राप्त गर्नु आवश्यक छ । सम्भोगको अर्थ भनेकै दुवैले समान रूपमा भोग्ने वा यौनको आनन्द पाउनु भन्ने हो । एकको आनन्द अर्कोलाई आनन्द देओस र एकको सन्तुष्टि दोस्रोको चरम सन्तुष्टि बन्न सकोस । सेक्समा भरपुर सन्तुष्टिका लागि मस्तिष्क र शरीरका बीच तालमेल एकदमै आवश्यक छ । यौन सुख चरम अवस्थामा त्यतिबेला पुग्छ, जतिबेला पार्टनरहरुका बीच शरीर एवं मस्तिष्कमा एक आपसमा एकाकार हुन्छन । तर जे होस् सम्भोगका बेला पुरुषलाई जति छिटो चरमसुख प्राप्त हुन्छ महिलालाई यस्तो सुख प्राप्त गर्न कठीन हुन्छ र ढिलो हुन्छ ।सेक्समा चरम आनन्द प्राप्त गर्ने चरणहरु यस प्रकार छन ।

१. पहिलो चरण – चाहना

यौन आनन्दको पहिलो चरण चाहना हो । यौन सम्पर्क राख्ने चाहना हुनुपर्छ । चाहना भएन भने जबर्जस्ती गरिने यौन सम्पर्कले सन्तुष्टि दिन सक्दैन । यसमा कल्पना, दृश्य, आवाज, बासना, कुराकानी, स्पर्श, अश्लील चित्र, चलचित्र हेर्दा उत्पन्न हुने यौनचाहना आदि पर्छन् । यौनाकर्षण फरकफरक हुन्छ नै । कसैको कपालमा त कसैको स्तनमा यौन आकर्षण हुन्छ । कसैको पिँडौलामा त कसैको आँखामा यौन आकर्षण हुन्छ । यही यौन आकर्षणले यौन चाहना बढाउने गर्छ ।

२. दोस्रो चरण – उत्तेजना

यौन आनन्दको दोस्रो चरण उत्तेजना हो । महिलाको तुलनामा स्वभावले नै पुरुष यौन आकर्षणमा उत्तेजित हुन्छन् । यो अवस्थामा आई पुग्नेहरूको शरीरमा रक्तचाप केही बढेको, मांसपेशीहरू केही कस्सिएको, सामान्य यौनरस स्खलन तथा यौनांगहरूको आकार बढ्ने र सक्रिय हुन थालेको अनुभव हुन्छ ।

३. तेस्रो चरण – धारणा

यौन आनन्दको तेस्रो चरण धारणा हो। यौन सम्पर्कमा पुगिसकेको अवस्थालाई धारणा भनिन्छ । यो अवस्थामा शारीरिक हाउभाउ अनुसारको सञ्चार भएको हुन्छ । श्वास प्रश्वास, मुटुको चाल र रक्तचाप अत्यधिक बढेको हुन्छ । योनी र लिंगबीचको अत्यधिक घर्षणले यौनरस निस्कन्छ । महिलाको पाठेघरको टुप्पो पेटको केही माथि उठेको, योनी उठेको, यौनीकै क्लिटोसी केही नपुगेको र पुरुषको अन्डरस शरीरमा टाँस्सिएको हुन्छ ।

४. चौथो चरण – चरम आनन्द

यौन आनन्दको चौथो चरण चरम आनन्द हो। यौन सम्पर्क गर्दा बिर्य स्खलन हुने अवस्थालाई चरम आनन्द भनिन्छ । यतिबेला दुवैजनाले स्वर्णिम आनन्दको अनुभव गर्छन् । शरीरमा रहेको इन्डोफिरिन्स नामक रासायनिक पदार्थले शरीरलाई यौनमा सक्रिय बनाउन सहयोग गरिरहेको हुन्छ । तर मानसिक सक्रियताले मात्र यौनमा चरम आनन्द प्राप्त गर्न सकिन्छ । यौन आनन्द दुवैले पाउनुपर्छ । चरम आनन्दको बेला यौनमा सक्रिय अंग र मांसपेशी अनियन्त्रित भएका हुन्छन् । श्वासप्रश्वास, मुटुको चाप र रक्तचाप अत्यधिक बढेको हुन्छ ।

५. पाचौ चरण – समापन

यौन आनन्दको पाचौ चरण समापन हो। यौन सम्पर्कको अन्तिम अवस्था भनेको समापन हो । यो अवस्थामा शरीरमा यौन मांसपेशी निष्क्रिय जस्तै भएर सुस्ताएका हुन्छन् । अर्थात् पहिलेकै अवस्थामा फर्किसकेका हुन्छन् । महिलाभन्दा पुरुष धेरै गलिसकेका हुन्छन् । पुरुष स्खलित भएको पाँच, दस मिनेटमै फेरि यौन सम्पर्कका लागि तयार हुन सक्छन् । तर महिला त्यति चाँडै तयार हुँदैनन्।

यो पनि पढ्नुहोस् 

सेक्स कसरी गर्ने ?

राशीको यौन व्यबहार

यौन आनन्द प्राप्त गर्ने पाँच चरणहरु

महिलालाई आनन्द दिने ५ सेक्स पोजिसनहरू

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!