अन्तर्राष्ट्रिय समाचारराजनीति

थाईल्याण्डका राजा भूमिवोल अदुल्यादेजको निधन

आश्विन २७, २०७३ । थाइल्याण्डका राजा भूमिवोल अदुल्यादेजको निधन उपचारको क्रममा ८८ वर्षको उमेरमा बिहीबार भएको थाइ दरबारले जनाएको छ  । थाइल्याण्डका राजा भूमिवोल विश्वकै सबैभन्दा लामो समय शासन गर्ने राजा थिए । दरबारले उनको मृत्युको कारण खुलाएको भने छैन । उनले ७० वर्षसम्म थाइल्याण्डमा शासन गरेका थिए ।

‘मौसुफको सिरिराज अस्पतालमा उपचारको क्रममा स्थानीय समय अनुसार ३:५२ मा निधन भएको छ,’ दरबारद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।  थाइल्यान्डको इतिहासमा पटकपटक भएका सत्ता विद्रोह प्रयासमा राष्ट्रिय एकता एवम् स्थायी शान्तिका लागि प्रजातान्त्रिक प्रयास मार्फत थाइल्यान्डलाई नेतृत्व दिएका नरेश भूमिबोल लामो समयदेखि बुढ्यौली र विभिन्न रोगले ग्रस्त उनी  थाइल्याण्डको सिरिराज अस्पतालमा उपचारका क्रममा निधन भएको थाई राजप्रासाद निकायले एक विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

थाई नरेश भूमिबोलप्रति जनताको श्रद्धा साँचो रहेको थियो जुन राजा र प्रजाबीच सम्बन्धलाई सुमधुर राख्न बनाइएको संयन्त्रले गरेको सावधानीपूर्ण व्यवहारका कारण उहाँप्रति जनताको प्रगाढ माया रहेको बताइने गर्छ ।  राष्ट्रियताका रुपमा रहेर करिब सात दशक सत्तामा रहनुभउका दिवङ्गत थाई नरेशको मृत्युले राष्ट्रको भविष्यलाई अनिश्चित राजनीतिक भूमरीमा लानसक्ने कतिपय विश्लेषकको बुझाइ छ ।

उनको निधनपछि बिश्वका धेरै राष्ट्र प्रमुखहरुले  थाई राजपरिवार, सरकार र जनतालाई शोक सन्देश पठाई  दिवङ्गत नरेश भूमिबोलको देशप्रतिको लामो समर्पण र उनको राष्ट्रिय एकता कायम गर्ने नेताको रुपमा स्मरण गरेका छन्। थाइल्यान्ड सरकारले उनको निधनपछि एक वर्षसम्म शोक मनाउने घोषणा गरेको छ । अब ६३ वर्षीय थाई युवराज महा भाजिरालोङकोर्नलाई थाइल्याण्डका नयाँ राजा घोषणा गरिनेछ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!