उर्जा शब्द बिज्ञान र ज्योतिष बिज्ञानमा
उर्जा शब्द बिज्ञानमा
कुनै विषय वा वस्तुको प्रयोग र अवलोकनमा अाधारित क्रमिक अध्ययन ज्ञानलाई विज्ञान भनिन्छ। विज्ञानमा कार्य गर्न सक्ने क्षमतालाई ऊर्जा भन्दछन्। सूर्यका प्रकाशमा ऊर्जा हुन्छ जसको उपयोग प्रकाश सेलहरूद्वारा बिजलीको धारा उत्पन्न गर्नमा गर्न सकिन्छ। बिजलीको धारामा ऊर्जा हुन्छ जसदेखि बिजलीको मोटर चलाउन सकिन्छ। बारूदमा ऊर्जा हुन्छ, जसको उपयोग पत्थरको शिलाहरू तोडने अथवा तोपदेखि गोला दागनमा हुन सक्छ। अणुबममा नाभिकीय ऊर्जा रहन्छ जसको उपयोग शत्रुको विध्वंस गर्न अथवा अन्य कार्यहरूमा गरिन्छ। परन्तु सारा ऊर्जालाई कार्यमा परिणत गर्नु सर्वदा सम्भव हुँदैन।
महान् वैज्ञानिक आइन्सटाइनको विशेष सापेक्षतावादको सिद्धान्त (Special Theory of Relativity) को वैज्ञानिक सूत्र E = mc2 अनुसार ऊर्जाको मान पिण्ड वृद्धिलाई प्रकाशको गतिका वर्गदेखि गुणा गर्नमा प्राप्त हुन्छ। पिण्ड र उर्जालाई एकअर्कामा रूपान्तरण गर्न सकिन्छ । कुनै वस्तुको पिण्ड नष्ट गर्दा उर्जा प्राप्त गर्न सकिन्छ । दोस्रो विश्व युद्धताका यसै सूत्रको दुरुपयोग गरी लिटिल व्वाई र फ्याट म्यान नामक परमाणु वम बनाई अमेरिकाले जापानको हिरोसिमा र नागासाकी शहरमा ठूलो धनजनको क्षति पुर्याएको थियो । ताप उर्जा, प्रकाश उर्जा, चुम्बकीय उर्जा, रसायनिक उर्जा, वायु उर्जा, रसायनिक ऊर्जा, भुगर्भिय ताप उर्जा, ध्वनि उर्जा आदि पृथ्वीमा उपलब्ध उर्जा हुन् । आधुनिक भौतिक विज्ञानमा प्रत्येक कार्यका लागि ऊर्जालाई आवश्यक बताइएको छ। ऊर्जा संरक्षण सिद्धांतका अनुसार ऊर्जालाई न त सरक्षण गर्न सकिन्छ न त नष्ट गर्न सकिन्छ केवल यसको स्वरूप मात्र बदल्न सकिन्छ ।
एक किलो ग्राम युरेनियम २३५ ले झण्डै २० हजार मेगावाट प्रति घण्टा बराबरको उर्जा उत्पन्न गराउन सक्छ जुन ३० लाख टनको दाउरा बालदा निस्कने उर्जा बराबर हुन आउँछ । एटम वममा १ ग्राम पदार्थ विलाउँदा २१ अरब किलो क्यालोरी उर्जा उत्पन्न हुन्छ । यो भनेको दिनको १० हजार लिटर मट्टितेल जम्मा गर्दै जाँदा २३ वर्षसम्म जम्मा गर्दा जति जम्मा हुन्छ, त्यो सबैलाई एकैचोटी बाल्दा जति उर्जा उत्पन्न हुन्छ त्यति बराबरको उर्जा १ ग्राम पदार्थ बिलाउँदा उत्पन्न हुन्छ । यसबाट के स्पष्ट हुन्छ भने पदार्थलाई उर्जामा परिवर्तन गर्न सकेको खण्डमा कल्पना नै गर्न नसक्ने उर्जा उत्पन्न हुन्छ । वास्तवमा परमाणु वममा नाभिकीय प्रतिक्रियाबाट पदार्थ उर्जामा बदलिन्छ तर त्यहाँ अत्यन्तै थोरै मात्राको पदार्थमात्र उर्जामा बदलिएको हुन्छ । पदार्थ पूर्ण रूपमा उर्जामा बदल्ने प्रविधिको विकास भने अहिलेसम्म विश्वमा भइसकेको छैन ।
उर्जा शब्द ज्योतिष बिज्ञानमा
सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतनमाथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञानलाई ज्योतिष बिज्ञान भनिन्छ।
हामी राम्रोसँग जान्दछौँ कि नदी माथिबाट तल किन बग्दछ, अथवा एउटा स्याउ पृथ्वी माथि किन खस्दछ ? यदि पृथ्वी घुम्दछ भने हामी आकाशमा किन खस्दैनौँ ? यी सबै कुराहरु पृथ्वीको गुरुत्वाकर्षण शक्तिको कारणले गर्दा हुन्छ । वास्तुविद्यामा दुवै विरोधी वल यसको समान हुन्छ । यिनीहरुमध्ये एक व्रम्हा हो जो कुनै वीज शरीरमा भावको शक्ति हो त्यसले बीजलाई ठुलो वृक्षमा परिवर्तन गर्ने शक्ति दिन्छ । दोस्रो समान तर विपरीत शक्ति छ जसलाई अनन्त भनिन्छ, यो त्यो वीजमा लुकेको एकवाट अनेक बन्न सक्ने गुण हो । यो ब्रम्हा र अनन्त वीचको मध्य दूरी हो । वास्तविक वास्तुको पछाडि गतिशीलता नै आधारभूत उर्जाको सुत्र हो ।
यहि स्वर्ग र पृथ्वीको वीचको मध्य दूरीको कारक पनि हो । पृथ्वी पश्चीमवाट पूर्वतिर घुम्दछ, यसको कारण हामी पूर्ववाट अत्याधिक शक्ति प्राप्त गर्दछौँ जसलाई ईश्वर पनि भनिन्छ । पश्चीमको अधिपति वरुण हो । पूर्व र पश्चीमको वीचको धुरी अर्थात् ईश्वर र वरुण वीचको धुरी दास्रो उर्जा धुरीको नामले चिनिन्छ । यसैगरी चुम्बकीय धु्रव अर्थात् कूवेर वाट दक्षीण अर्थात् यमराजको धुरी तृतीय उर्जाधुरी हो । वास्तुमा त्यो जीवन र मृत्युको यात्राको धुरी या स्थूलवाट सुक्ष्म को तर्फको बाटो भनिन्छ । दुइटा सहायक धुरी पनि हुन् , एक इशानवाट नैऋत्य जसको प्रतिनीधीत्व सोम र निऋतीले गर्दछन् , त्यसै गरी दास्रो वायव्य वाट आग्नेय सम्मको धुरी वायू र अग्नीको रुपमा रहन्छन् ।