स्वास्थ्य

स्वासको दुर्गन्ध हटाउने १० अचुक उपायहरु

मुख गन्हाउने कारणहरु धेरै हुन सक्छ । धुम्रपान तथा सुर्ती सेवन गर्नेहरुको पनि मुख गन्हाउँछ । दाँत किराले खाएको छ भने पनि मुख गन्हाउँछ । मुखमा घाउ भएका ब्यक्तिको सास गन्हाउनु स्वभाविकै हो । मुखको घाउलाई बेवास्ता गर्नुहुँदैन । समयमै चिकित्सकको सल्लाह लिइएन भने भयानक रोग क्यान्सरै पनि हुनसक्छ। माथी उल्लेखित कारण वा अन्य केही कारणले मुख गन्हाउँछ भने तल उल्लेखित सुझावको पालना गर्नुहोस् । मुखबाट निस्किने दुर्गन्ध एक ब्यक्टेरियाका कारणले हुने गर्छ । यो ब्यक्टेरियाले उत्पादन गर्ने सल्फर कम्पाउण्डले स्वासमा दुर्गन्ध पैदा गर्छ । यो ब्याक्टेरियाले पैदा गर्ने दुर्गन्धप्रति मानिसहरु सचेत हुँदैनन् । त्यस्तै दाँत फोहोर भएमा वा धुम्र पान गर्नेहरुको पनि स्वासमा दुर्गन्ध आउन सक्छ ।

स्वासको दुर्गन्ध हटाउने १० अचुक उपाय

१. खानामा ताजा र रेशादार तरकारी समावेस गर्नुस् । पानी प्रयाप्त मात्रामा पिउनुस् ।

२. एक कप पानीमा एक चम्चा खाने सोडा मिसाएर कुल्ला गर्दा एसिडिटी लेभल कम हुन्छ र स्वासको दुर्गन्ध कम हुन्छ।

३. ल्वाङलाई हल्का आगोमा तातो पारेर चुस्नुस् । यसले तपाइँको स्वासमा ताजगी ल्याइदिन्छ ।

४. अलैची वा तुलसीको पात खाँदा पनि तपाइँको स्वासको दुर्गन्ध हट्न सक्छ । यो दीर्घकालीन समाधान भने होइन ।

५. तातो पानीमा नुन मिसाएर कुल्ला गर्नुस् । गार्गल गर्दा पनि राम्रो हुन्छ ।

६. अमला, हर्रो र बर्रोको रुखको फेंदको ब्रोक्रो चपाउँदा पनि स्वासको दुर्गन्ध दुर हुन्छ ।

७. जिरालाई भुटेर खाँदा पनि स्वासको दुर्गन्ध हराउँछ ।

८.  पुदिनालाई पिसेर पानीमा घोलेर दिनमा २ -३ पटक कुल्ला गर्दा पनि स्वासको दुर्गन्ध हराउँछ ।

९.  विहान र सुत्नु अघि दाँत सफा गर्नुस् ब्रस गर्दा पटक पटक कुल्ला गर्नुस् ।

१०.  प्रत्येक दिन एक गिलास पानीमा एक कागती निचोरेर यसले मुख कुल्ला गर्नुस् ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!