राष्ट्रिय समाचारसूचना प्रविधि

सामसुङ मोबाइलको मूल्य घट्यो कति ?

काठमाडौं, भदौं १९ 

नेपालका लागि सामसुङ मोबाइलको आधिकारिक ब्रिकेता आइएमएसले दसैं अफर भन्दै मोबाइलको मूल्य घटाएको छ। ८६,९००  पर्ने ग्यालेक्सी नोट फाइभमा १०,००० घटाएको छ। अब ७६,९०० सयमा सो मोबाइल किन्न सकिन्छ।

त्यस्तै सामसुङ एस सेभेन एज र एस सेभेनमा १२,००० हजार क्यास ब्याकको अफर उसले ल्याएको छ। ५०,९०० सय पर्ने ग्यालेक्सी ए सेभेन सिक्समा ५,०००  घटेको छ भने ग्यालेक्सी ए फाइभमा ५००० रुपैयाँ घटेको छ।  अब ग्यालेक्सी ए सेभेन सिक्स अब ४५,९००  र ए फाइभ ३७,९०० मा किन्न पाइन्छ।

ग्यालेक्सी जे सेभेनमा १५०० घटाइएको छ। २७,९९० पर्ने सो मोबाइल २६,४९० मा किन्न सकिन्छ। त्यस्तै ग्यालेक्सी जे फाइमा २,००० घटाइएको छ, अब सो मोबाइलको मूल्य २३४९० पर्छ । जे २ सिक्स को भने मुल्य घटाइएको छैन्।

यो १५,९०० सयमा किन्न पाइन्छ। त्यस्तै  २२,९ ००  पर्ने ग्यालेक्सी जे सेभेन  अब २१,९०० मा किन्न सकिन्छ । जे फाइभको मूल्य १९,९०० तोकिएको छ । १२,९००  पर्ने जेटु अब ११,९०० मा पाइन्छ।

स्रोत : सेतोपाटी

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!