विज्ञानविज्ञान जिज्ञासा

लामपुछ्रे ताराहरू (Comets) भनेका के हुन् ?

ब्रह्माण्ड र खगोलको संसार निकै रोचक छ । कहिलेकाही सफा आकाशमा उज्यालो टाउको भएका कुचो आकारका चहकिला देखिने खगोलीय वस्तुहरुलाई नै लामपुछ्रे तारा (Comets) भनिन्छ । यिनैलाई पुच्छ्रेतारा वा धूमकेतु पनि भनिन्छ । सौर्यमण्डलको लामपुछ्रे तारा  दुङ्गा, धुलो, हिउँ र ग्यासका बनेकासाना-साना खण्ड हुन्छन् । खगोलविद्हरूका अनुसार हरेक वर्ष नयाँ लामपुछ्रे तारा बनिरहन्छन् । सौर्यमण्डल क्षेत्रभित्र पनि हजारौ लामपुछ्रे तारा छन् । कति हराउँदै पनि जान्छन् । लामपुछ्रे ताराको टाउको र पुच्छरजस्तो दुई भाग हुन्छ । टाउको सूर्यपट्टि फर्केको हुन्छ र पुच्छर सूर्यबाट टाढा हुन्छ । यसले पनि सूर्यको परिक्रमा गर्छ । साना पथ भएका लामपुछ्रे तारा सूर्यको परिक्रमा एक अण्डाकार पथमा लगभग ६देखि २०० वर्षमा पूर्ण गर्दछन् । लामा पथ भएका लामपुछ्रे तारा एक परिक्रमा गर्नमा हजारौं वर्ष लगाउँछन् ।

यिनीहरू केहि वर्षको अन्तरालमा सुर्योदयभन्दा केहि अघि पूर्वी आकाशमा वा सूर्यास्तपछि पश्चिमी आकाशमा देखिन्छ्न्। लामपुछ्रेताराहरु वास्तवमा ग्यासीय बरफका डल्लाहरु हुन् । यिनीहरूको केन्द्र ठोस बस्तुले बनेको हुन्छ भने चारैतिर बरफ र धुलोकण मिश्रित ग्यासीय वायुमण्डल हुन्छ । लामपुछ्रेतारा घुम्दै सूर्यको नजिक आईपुग्छ । त्यसका सतही बरफहरु बाफमा बदलिन्छ्न् । यसरी बनेको ग्यास र बरफका कणहरु सौर्यबतासले गर्दाउल्टो दिशातिर उडेर जान्छ्न् र पुच्छर बन्छ्न् । प्राय: लामपुछ्रे तारा  हिउँ, कार्बन डाईअक्साइड, मीथेन, अमोनिया तथा अन्य पदार्थ जस्तै सिलिकेट र कार्बनिक मिश्रणका बनेका हुन्छन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!