साहित्य-कला

नयाँ बर्षको शुभकामना

नवीन पल्लव बनि तिमी मुस्कुराऊ ।

अनन्त सम्म रहने रचना फुराऊ।

 

प्रभात होस् किरणको, सुधको धरामा ।

रङ्गीन पुष्प जति ढाकिरहुन् प्रभामा ।।

 

बाधा हुनन् पथभरी, सब कुल्ची जाऊ ।

उदात्त भै हृदयले सखिता सजाऊ ।।

 

काँडासँगै फूल पनि, जब रम्नसक्छ ।

पोखिन्छ आँसु खुशीमा त्यही जम्नसक्छ ।।

 

निसर्ग बिम्ब सरिको, भरिएर आओस् ।

मुस्कान पोखी उन्यूले, रहरै सजाओस् ।।

 

स्वनाम स्वर्ण रंगले भरिएर जाओस् ।

यो वर्ष धन्य बनेर तिमीमा रमाओस् ।।

 

*कृष्ण प्रसाईं लेखक तथा साहित्यकार हुनुहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!