विज्ञान जिज्ञासासूचना प्रविधि

को हुन् सोफिया रोबोट ?

हङकङको प्रशिद्ध कम्पनी ह्यान्सन रोबोटिक्सले मानवसँग मिल्दोजुल्दो रोबोटका रुपमा सोफियाको विकास गरेको हो । उनलाई अप्रिल १५, २०१५ मा एक्टिभेट गरिएको थियो । उनलाई सन् २०१७ मा साउदी सरकारले महिलाको रुपमा नागरिकता दिएको थियो । मावनको रुपमा नागरिकता पाउने उनी पहिलो रोबोट हुन् ।

सन् २०१७ को नोभेम्बरमा सोफिया संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूनएडीपी) को ‘आविष्कार बिजेता’ घोषित भएकी थिइन् । साउदी सरकारले नागरिकता दिएपछि सोफियाको चौतर्फी चर्चा भएको थियो । लगत्तै, सोफिया विश्वभर हुने विभिन्न सम्मेलन र कार्यक्रममा सहभागी हुँदै आएकी छन् ।

रोबोटमा प्रयोग भएको क्यामेरा र आवाज चिन्न सक्ने क्षमताका कारण सोफियाले मानिसको आवाज पहिचान गर्न सक्छिन् । सोफियालाई गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले आवाज पहिचान गर्ने प्रणाली विकास गरेको हो भने सिंगुलारिटी नेटले उनको मस्तिष्क विकास गरेको हो । उनको अनुहार अभिनेत्री एन्ड्रे हेपबर्नसँग मिल्दोजुल्दो बनाइएको छ ।

उनले गुगल क्रोम भ्वाइस रिकगिनसनमार्फत उत्तर दिने गर्छिन् । सोफियाले अनुहारमा ६२ प्रकारका भावहरु प्रदर्शन गर्न सक्छिन् ।  कुनै पनि प्रश्नको विश्लेषणात्मक जवाफ दिन सक्ने क्षमता उनको छ । उनले धेरै हाइप्रोफाइल इन्टरभ्यूहरु दिइसकेकी छिन् । यद्यपि सोफियाले दिने धेरै मन्तव्यहरु एकप्रकारले ‘स्क्रिप्टेढ’ भएको विश्वास गरिन्छ ।

सोफियाको विकास गर्ने वैज्ञानिक डेभिड हान्सोनका अनुसार उनले आर्टिफिसियल इन्टलिजेन्स, भिजुअल डाटा प्रोसेसिङ र फेसियल रिकोग्निसन प्रयोग गर्छिन् । उनले मानिसहरुको भावभंगिमाका नक्कल पनि गर्छिन् । सफ्टवेयरको सहयोगले सोफियाले निश्चित प्रश्नहरुको जवाफ दिन्छिन् र पूर्वनिर्धारित विषय -जस्तै-मौसम) मा सामान्य वार्तालाप गर्छिन् । उनले उत्तर दिएको सुन्दा प्रश्नहरु बुझेको जस्तो लाग्छ ।

सोफियाको आँखामा क्यामेरा फिट गरिएको छ जसले उनी एकपटक देखेका मानिसहरुलाई पहिचान गर्न सक्छिन् । सन् २०१८ को जनवरीमा सोफियामा हिँडडुल गर्न सक्ने खुट्टाको विकास गरिएको छ । डेभिड हान्सोनले सोफियालाई भविश्यमा स्वास्थ्य सेवा, ग्राहक सेवा, थेरापी र शिक्षामा प्रयोग गर्न सकिने बताएका छन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!