विज्ञान जिज्ञासा

कानमा पहिरिने बाली र झुम्काको वैज्ञानिक कारण के ?

Gopal Bhandari
गोपाल भण्डारी

हिन्दु महिलाले कानमा बाली र झुम्का पहिरिन्छन् । महिलाको लगाउने यसलाई कतिपयले फेशनभन्दा बढी केही सोच्दैनन् । यतिसम्मकी आफ्ना बुज्रकहरुको भनाइलाई धारणा बनाउँदैं महिलाहरु पनि फेसनका रुपमा यी गहनाहरु पहिरिने गरेका छन् । तर, यससँग जोडिएको वैज्ञानिक सत्य निकै कम मानिसहरुलाई मात्र थाहा छ ।

कानमा झुम्का, बाली आदि पहिरिनु फेसन होइन । यसको शरीरको अंगमा समेत प्रभाव पर्छ । कानमा प्वाल बनाएर त्यसमा केही धातु लगाउँदा महिनावारी नियमित गर्नलाई सहयोगी हुन्छ । शरीरलाई उर्जावान बनाउनका लागि इयररिङ र बढी उर्जालाई क मगर्नका लागि चाँदीका इयररिङ पहिरिने सल्लाह दिइन्छ । यस प्रकार अलग–अलग प्रकारका स्वास्थ्य समस्याका लागि अलग–अलग धातुका इयररिङ पहिरिने सल्लाह दिदैं आइएको छ ।

बाली वा झुम्काको सहयोगबाट पनि कानलाई लामो देखाउन सकिन्छ । टप्स लगाउनाले कान अझ सानो देखिन्छ । जसको गर्दन मोटो छ, उनीहरूले लामो र ठूलो बाली लगाउनु हुँदैन । गोलो मुहारमा ठूलो, अण्डाकार र गोलो इयररिङ राम्रो देखिन्छ । अण्डाकार मुहारमा सानो गोलाइ भएको टप्स राम्रो देखिँदैन, तिनमा बाली वा लामो हेङ्गिंग्स राम्रो हुन्छ । गर्दन मोटो र फुलेको छ भने टाँसिने नेकलेस लगाउनु हुँदैन । लामो माला वा स-साना मोतीका दानाको माला सुहाउँदिलो हुन्छ ।

मुहार लामो छ भने लामो खालको इयररिङ्स लगाउनु हुँदैन । सेन्डेलियर वा स्टड्स लगाउनु उपयुक्त हुन्छ । चाहनाअनुसार गोलाकार वा त्रिकोण सेपयुक्त इयररिङ्स लगाउन सकिन्छ ।  मुहार ओवल हुनेहरूजस्ता भाग्यमानी अरू कोही हुँदैनन्, कारण यसप्रकारको मुहार भएकाहरूलाई हरेक प्रकारको ज्वेलरी सुट गर्छ । ओवल फेसमा हरेक प्रकारको इयररिङ्स लगाउन सकिन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!