विज्ञान जिज्ञासा

टेपरेकर्डरमा आवाज कसरी सुरक्षित हुन्छ ?

पहिला-पहिला आवाज सुरक्षित राख्न टेपरेकर्डर प्रयोग गरिन्थ्यो । टेपरेकर्डर एक प्रकारको प्लास्टिकको फित्ता हो । यो फित्ताको सतहमा फेरिक अक्सइडका अति नै सानाकण हुन्छन् । हामी टेपरेकर्डरको बोलीटिप्ने बटन थिचेर नजिकै बसी बोल्छौँ, बोली टेपरेकर्डरको माइक्रोफोनमा पुग्छ । माइक्रोफोनले ध्वनि तरङ्गलाई परिवर्तनशील विद्युत्धारामा बदल्छ । उक्त विद्युत धारालाई सिम्प्लिफाई  गरेर विशेष प्रकारको फलामले बनेको गोलो मुन्द्रलाई विद्युत् चुम्बक बनाउन प्रयोग गरिएको हुन्छ ।

यसमा परिवर्तनशील विद्युत्धारा बग्दा यस मुन्द्राले परिवर्तनशील चुम्बकीय क्षेत्र निर्माण गर्छ । यस विद्युत चुम्बकका दुई टा ध्रुवको नजिकैबाट ध्वनि रेकर्ड गर्नुपर्नु फित्तामा एकैनासले पठाउन सकिन्छ । फित्ता परिवर्तनशील चुम्बकीय क्षेत्रमा बग्दै जाँदा यसका स-साना फेरिक अक्साइडका कणले भिन्न परिणामको चुम्बकीय शक्ति ग्रहण गर्दै जान्छन् । यसरी नै टेपरेकर्डरले आवाजलाई फित्ता वा चुम्बकीय शक्तिका रूपमा सञ्चित गर्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!