विज्ञान जिज्ञासा

दाँत किराले कसरी खान्छ ?

मानव शरीरको एकदमै महत्वपूर्ण अंग हो, दाँत । प्रायः मानिसले दाँतलाई आफ्नो प्राथमिकतामा राख्दैनन् । तर, यसको महत्व खानेकुरा चपाउनदेखि मानिसको सौन्दर्यसम्म जोडिएको हुन्छ । दाँतबारे खासै चासो नदेखाउँदा विभिन्न खालका समस्या देखापर्दछन् । जसमा किरा लाग्नु पनि एक प्रमुख समस्या हो । दाँत बाहिरबाट इनामेल  भन्ने सेतो वस्तुले पोतिएको हुन्छ । इनामेल प्राकृतिक रसायन हो । यो धेरै कडा हुन्छ । हाम्रो शरीरमा सबैभन्दा कडा वस्तु इनामेल नै हो । बाहिरपट्टि इनामेल हुनाले कीटाणु हत्तपत्त दाँतको भित्री भागमा पस्न सक्दैनन् । तर इनामेलभिको भाग भने उत्तिको कडा हुँदैन । यसमा कीटाणु सजिलैसँग पस्न सक्छन् । इनामेल जतिसुकै कडा भएपनि यसलाई अमिलाले सजिलै खियाउन सक्छ । दातमा अमिलो लागेपछि त्यहाँक्को इनामेल खुइलिन्छ ।

त्यसैले अमिले खाएपछि दाँत कुँडिन्छ । तर केही समयपछि खुइलिएको भागमा नयाँ इनामेल बन्छ र कुँडिएको पनि हराउँछ । चिनी खाँदा गुलियो लाग्छ । मुखमा धेरै बेर चिनी राख्दातीतो हुन थाल्छ । गुलियो वस्तु धेरै खाँदादाँतको कुनाकाप्चामा अड्किएर अमिलो हुन्छ । यस्तो अमिलोले पनि इनामेललाई खुइल्याउँछ । गुलियोबाट बनेको अमिलोको कारण नयाँ इनामेल बन्न पाउँदैन ।  इनामेल हराएको मागमा दाँतको भित्री नरम भाग देखा पर्छ । त्यहीँबाट कीटाणुहरू भित्र मस्छन् । यी कीटाणुले दाँतलाई बिगार्ने काम गर्छन् । यसलाई नै दाँत कीराले खाएको भन्छौं ।

यो पनि पढ्नुहोस्

दाँत किन झन्झनाउँछ ?

दाँत कसरी माझ्ने ?

दाँत र शारीरिक स्वास्थ्यको सम्बन्ध

दाँत कसरी सुरक्षित गर्ने ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!