कहिलेकाहीं किन हातखुट्टा निदाउँछ ?
यस्ता छन् कहिलेकाहीं किन हातखुट्टा निदाउँने कारणहरु, जानी राखौ ! लामो समयसम्म एउटै आसनमा बसिरह्यो भने कहिलेकाहीं हातखुट्टा निदाएको हामी अनुभव गर्छौ । यस्तो किन हुन्छ त ? प्रायजसो मानिसले कुनै न कुनै बेला खुट्टा निदाएको अनुभव गरेका हुन्छन् । खुट्टा निदाउँदा एकछिन त निकै पीडा हुन्छ । उभिन र हिड्न पनि सकिदैंन । आखिर किन यस्तो हुन्छ ? हामी सोच्छौं खुट्टामा पर्याप्त मात्रामा रक्तसंचार नभएका कारण निदाउने हुन्छ । तर यसो नभई खुट्टा नसाका कारण निदाउँछ । यो शरीरमा हुने साना तारजस्तै नसाहरु हुन्छन । नसाले दिमाग र शरीरका हिस्साबीच सन्देश लाने लैजाने काम गर्छन् । यदि लामो समयसम्म खुट्टाको सहायताले बसिन्छ भने त्यहाँको नसामा दबाब पर्छ । यस्तो शरीरका अन्य भागमा पनि हुन्छ । लामो बेला-बेलामा हात, खुट्टामा यस्तो अनुभव गर्छन् । लामो समयसम्म दबाब रहेका बेला शरीरका कुनै पनि अंगमा दबाब पर्छ र त्यो अंग निदाउँछ ।
यी नसाहरु कोशीय फाइबरबाट बन्छ र प्रत्येक एक कोशीय फाइबर अलग-अलग संवेदनालाई मष्तिष्कसम्म पुर्याउने काम गर्छ । यी फाइबरको मोटाई पनि कम वा बढी दुवै हुन सक्छ । यसको प्रमुख कारण माइलिन नामक सेतो रंगको पदार्थद्वारा बनाइएको झिल्ली हो । यसमा दबाब पर्दा मष्तिष्कसम्म नसाले पर्याप्त मात्रामा अक्सिजन वा रक्तसंचार गर्न सक्दैन र दिमागसम्म उक्त अंगको बारेमा पुग्ने जानकारी रगत या अक्सिजन अभावमा अवरुद्ध हुन्छ । यही कारण त्यहाँ संवेदना महसुस हुँदैंन र त्यो अंग निदाउँछ । पछि उक्त अंगमा दबाब हट्दा पुनः रगत या अक्सिजन संचार नियमित हुन्छ र अंग पुनः संवेदनशिल हुन्छ । यसरी हात या खुट्टा निदाउँदा शरीरमा कुनै चोट पुग्दैन । तर केही समयमा लागि अनौठो महसुस हुन्छ ।
Like & Follow us on Facebook
यो पनि पढ्नुहोस्
मानिसको नाकभित्र हुने सिगान किन छ आवश्यक ?
बोक्सीले रगत चुसेर शरीरमा निलो डाम आएको हो त ? यस्तो छ वैज्ञानिक कारण
नुहाईधुवाई गरेर मात्र खाना खानुपर्छ भन्ने हिन्दु मान्यताको वैज्ञानिक कारण के ?