धर्म-सस्कृति

यज्ञ र हवनमा के फरक छ ?

यस्तो छ यज्ञ र हवनमा फरक, जानी राख्नुहोस् र शेयर गर्नुहोस् ! हिन्दु धर्ममा पूजापाठ, हवन र यज्ञको विशेष महत्व छ । कुनै पनि शुभ कार्यमा हवन गर्नु आवश्यक मानिन्छ । यस धर्तीमा ठुला ह्वन र यज्ञ भएका छन् । दैनिक जस्तो कथा र हवन भई राखेका छन् तर बालुवामा पानी हालेर के काम राजा यायातीले यज्ञ गराएको महाभारतमा उल्लेख छ । जनमन्जनले सर्पको यज्ञ गरेका थियोे । विश्वजित यज्ञ राजा रघुले गराएका थिए । अश्मेघ यज्ञ राजा सुहोत्रले गराएका थिए । पुत्राष्ट यज्ञ राजा दशरथले गर्नु भएको थियो । प्रगन्य यज्ञ आज भोलि गाउँघरमा पानी नपरे गरिन्छ । तर धर्मशास्त्र वेदमा पुराण कथामा कुनै कसैले सुन्नु भएको छ ।

यज्ञ संस्कृत भाषाबाट उत्पन्न शब्द हो, जसको अर्थ हुन्छ – “त्याग, बलिदान, शुभ कर्म'”। भागवत गीताको अनुसार परमात्माको निमित्त गरिने कुनै पनि असल कार्यलाई यज्ञ भनेर भनिएको छ । यज्ञ सनातन धर्मका वेद एबं धार्मिक ग्रन्थमा आधारित उपासना पद्दति हो । यज्ञ कुनै खास उद्देश्यले देवता विशेषलाई दिइने आहुति हो । यज्ञमा देवता, आहुति, वेद मंत्र, ऋत्विक र दक्षिणा अनिवार्य मानिन्छ । यज्ञको अर्को नाम अग्निपूजा हो । यज्ञबाट देवतालाई प्रसन्न पारिनुका साथै मनले चाहेको फल प्राप्त गर्न सकिन्छ । यज्ञले तिमीहरूका हरेक कामना एवम आवश्यकता पूरा गर्छ । तिमीहरू यज्ञद्वारा देवताहरूलाई पुष्ट गर, उनीहरूले तिमीहरूको उन्नति गर्नेछन् । ब्रह्माले मानिससँग मिलेर गरेका थिए यज्ञको रचना गरे र मानिसलाई भने, यही यज्ञबाट तिमीहरूको उन्नति हुन्छ ।

हवन यज्ञको लघु रूप हो । कुनै पनि पूजा अथवा जप आदिका पछि अग्निमा दिइने आहुतिको प्रक्रिया हवनको रूपमा प्रचलित छ । हवन हिन्दू धर्ममा शुद्धिकरणको एक कर्मकाण्ड पनि हो । अनेकौं तन्त्रद्धारा अनेकौ माग इच्छा प्रकट गर्ने तर पूरा नहुने मनको मनोरथ मात्र पूरा हुनेलाई हवन भनिन्छ । कुण्डमा अग्निको माध्यमबाट देवताको नजिक हवि पुर्याउने प्रक्रियालाई हवन भनिन्छ । हवि, हव्य अथवा हविष्य त्यो पदार्थ हो, जुन अग्निमा आहुति दिइन्छ । हवन कुण्डमा अग्नि प्रज्वलित गरेपछि त्यस पवित्र अग्निमाचरू, फल, मह, घिउ, समिधा आदि पदार्थहरूको आहुति दिइन्छ । मान्यता अनुसार कसैलाई दुष्ट आत्माको प्रभाव पर्यो, कुनै अलौकिक तत्वले दु:ख दियो भनेपनि त्यस्तो समस्या हटाउन हवन गरिन्छ । शुभकामना, स्वास्थ्य एवं समृद्धि हासिल गर्नका लागि पनि हवन गरिन्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्  

यज्ञमा हवन गर्दा किन स्वाहा भनिन्छ ?

धर्म संस्कृति किन आवश्यक छ ?

धर्म संस्कृति र यसको महत्व

हिन्दू धर्म संस्कृतिमा सबैको कल्याण

धर्मको रक्षा गर्नु सबैको नैतिक दायित्व

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!