आयुर्वेद

पित्त वा किड्नीको पथरी फाल्ने जडिबुटी

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

पित्त वा किड्नीको पथरी फाल्ने जडिबुटी !औषधिलाई गाउँघरमा अजम्मरी वा पत्थ चट्टा नामले चिन्ने गरेको पाइन्छ । यो औषधिलाई सन्जीवनी भन्दा खासै फरक पर्दैन । जहाँ पात झर्छ त्यही उम्रन्छ । यस्तो बहुमुल्य औषधिको उपयोगविहिन औषधि हाम्रो गाउँघरमा गमलामा रोपेको देख्नु भएको होला आउनुस् आज मैले यसै विषयमा प्रकाश पार्नेछु ।

प्रकृतिको अनुपम उपहार अजम्मरीको बारेमा यो औषधिको प्रयोग सहि तरिकाले भनेको समयसम्म प्रयोग गर्नुहुन्छ भने १०-१५ एमएम सम्मको पत्थरी फाल्दछ । हामीले औषधि सेवन गर्ने तरिका र कति समयसम्म खाने भन्ने जानकारी प्राप्त गर्न सकेमा विना पैसा लगानीमा पत्थर झार्न सक्नेछौं ।

यो औषधिको प्रयोग अन्य रोगमा पनि गर्न सकिन्छ जस्तै सेतो पानी बग्ने समस्या भएका महिलाहरूको लागि पनि उपयोगी छ । पुरुषमा हुने प्रोस्टेटको समस्याका कारण पिसाब थोपा-थोपा हुने भएमा समेत यो औषधिले राम्रो फाइदा गराउदछ । यति राम्रो बहुउपयोगी औषधि हुदा गदै हामीले औषधि खरिद गरेर खान्छौं यो हाम्रो कमजोरी नभए के हुन सक्छ ।

औषधि बनाउने तरिका

१. एक गिलास मनतातो पानीमा ४,५ पत्ता राम्रो पत्ता लिनुहोस् र पिस्नुहोस् । दैनिक कपडाले छानेर नियमित २ देखि ३ महिना सेवन गर्नुहोस् पत्थरी झार्दछ । हामीले यस्ता अनगिन्ती रोगीको पत्थर झार्न सफल भएका छौं ।

२. BERBERIS VULGARIS यो औषधि यही जडिबुटी पत्थर चट्टा अजम्मरीबाट बनेको छ । यो औषधि होम्योपैथीक फार्मेसिमा उपलब्ध छ । यो औषधि १० देखि १५ थोपा सम्म आधा गिलास मनतातो पानीमा राखेर दिनमा ३,४ पटक २,३ महिना सेवन गराउनाले सवै पत्थरी झार्दछ ।

नोट : औषधि सेवन गर्दा हमेसा पानीको मात्रा बढाउनु पर्नेछ । औषधि हमेसा विश्वासनिय कम्पनीको हुनुपर्छ । खाने तरिका नबुझेमा वैकल्पिक चिकित्सको परामर्शमा सेवन गराउनु पर्नेछ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

औषधीको रुपमा पाँचऔँलेको प्रयोग

मानव स्वास्थ्यको लागि घिउकुमारीको प्रयोग

औषधीको रुपमा निमको बोक्रा र पातको प्रयोग

औषधिको रुपमा बेलपत्रको प्रयोग

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!