एजेन्सी, कार्तिक ३। म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लियोनेल मेस्सीले बार्सिलोना छाड्न तयार भए सिटीले उनलाई अनुबन्ध गर्न तयार रहेको बताएका छन् । कुनै दिन मेस्सीले बार्सिलोना छाड्न तयार भए सिटी नै उनको पहिलो गन्तव्य हुने र ग्वार्डिओलाले उनलाई मनाउन सक्ने सिटीले विश्वास लिएको छ ।
बुधबार राती बार्सिलोनासँग च्याम्पियन्स लिगको खेलअघि बार्सिलोनाका पूर्व प्रशिक्षक रहिसकेका ग्वार्डिओलाले २९ वर्षीय मेस्सी नयाँ चुनौती सामना गर्न लालायित हुन सक्ने बताए । ‘म मेस्सीले यहीँ (बार्सिलोना)मा नै आफ्नो करियरको अन्त्य गरोस् भन्ने चाहन्छु,’ ग्वार्डिओलाले भने, ‘तर, उनी यहाँ छाडेर अन्त्य जानका लागि सोच्न पनि सक्छन् ।’
यसअघि स्पेनिस मिडियाले ग्वार्डिओलाले सिटीमा आएपछि बार्सिलोनाका कयौँ खेलाडीलाई क्लबमा भित्र्याउन खोजेको रिपोर्ट प्रकाशित गरेको थियो । जसलाई उनले खण्डन गरेका छन् ।
काठमाडौं, २२ असार, बिहीबार । कृषि क्षेत्रमा प्रत्यक्ष विदेशी लगानीको विरोध गरिएको छ । काठमाडौमा बिहीबार राष्ट्रिय किसान आयोगले गरेको ‘कृषि क्षेत्रमा प्रत्यक्ष बैदेशिक लगानी’ विषयक विचार गोष्ठिलाई सम्बोधन गर्दै आँखा चिम्लेर विदेशी लगानी भित्रयाउँने र विदेशी लगानी भित्रयाउँनै हुन्न भन्नेहरुका कारण देश नै बन्धक बनाउनुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत…
नेपालमा यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई असाध्यै जटिल बनाइन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । फ्रायडले धेरैअघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने व्याख्या गरिसक्दा…
श्रीमान र श्रीमती भनेको एक रथका दुई पांग्रा हुन् भनिन्छ । जीवनमा यी दुईको वीचमा मेल हुनु एकदम आवश्यक हुन्छ । बिहे भइसकेका श्रीमान श्रीमतीले आफ्नो वैवाहिक जीवन सन्तुलित राख्नको लागि संधै सचेत हुनुपर्छ । श्रीमान श्रीमती बीच कहिलेकाहीँ झगडा त भइहाल्छ तर त्यही झगडाको कुरा अरु तेस्रो व्यक्तिलाई सुनाउँदा…