जीवन-दर्शन

टुप्पी पाल्नुको रहस्यहरु

टुप्पी पाल्नुको रहस्यहरु !  हिन्दूका संस्कार अनुसार शिरको केन्द्रस्थानमा नकाटी-नखौरी राखिने रौंलाई टुप्पी भनिन्छ । वैदिक परम्परा अनुसार कपाल काट्दा वा मुण्डन गर्दा मानिसहरुले टुप्पी राख्ने चलन छ । व्रतबन्ध गरेपछि हरेक बैदिक हिन्दु धर्मालम्बीहरुले टुप्पी राख्नुपर्ने शास्त्रीय मान्यता छ । पहिला-पहिला भनिन्थ्यो टुप्पी ब्राह्मणको पहिचान हो । प्राय: ब्राह्मण परिवारमा जन्मिएको मानिसको टाउकोमा लामो ‘टुप्पी’ हुने गर्थ्यो । टुप्पी पाल्नुको खास रहस्यहरु यस प्रकार छन्।

१. हिन्दू धर्मशास्त्रका अनुसार टुप्पीको सबैभन्दा पहिलो फाइदा स्मरण शक्तिमा बृद्धी हुनु हो । टुप्पी राख्ने ब्यक्तिको स्मरण शक्ति उच्च हुने शास्त्रमा उल्लेख छ । टुप्पी विषयमा चाणक्यले भनेका छन् कि टुप्पी नबाँधीकन कुनै सपथ समेत लिनु हुँदैन । टुप्पीले शरीरको मुख्य सञ्चालन हुने अंगसँग टुप्पीको सम्बन्ध हुने समेत बैज्ञानिक खोजहरुले देखाएका छन् ।

२.  टुप्पी रहेको स्थानमा शरीरका सबै ज्ञानेन्द्रिय अर्थात कान, नाक, जीव्रो, आँखा आदिको सम्बन्ध हुन्छ । यसले हात, खुट्टा, गुदद्वार लगायतमा समेत नियन्त्रण गर्छ । तसर्थ शिखा अर्थात टुप्पी पाल्दा शारीरिक र मानसिक नियन्त्रण पनि सम्भव छ ।

३. मस्तिष्कको भित्री भाग जहाँ नाडीको मेल हुन्छ त्यहाँ पनि टुप्पीको सम्बन्ध हुन्छ । यसैले टुप्पीमा चोट लागेमा मानिसको छिटो मृत्यु हुन्छ । टुप्पीले मानिसहरुलाई विभिन्न रोग ब्याधीबाट समेत बँचाउने गरेको बताइन्छ ।

४. टुप्पीले गर्मी वा चिसोबाट पनि बचाउँछ । शरीरको मुख्यभागलाई चिसो वा गर्मीबाट बचाँएर मानिसलाई स्वस्थ राख्न समेत टुप्पीको मुख्य भूमिका हुन्छ ।

५. मस्तिष्क जति सामर्थ्यबान हुन्छ अन्य अंगको शक्ति पनि त्यति नै बढ्छ । त्यसैले टुप्पीको बैज्ञानिक फाइदा समेत धेरै रहेको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!