राष्ट्रिय समाचार

नवनियुक्त बिज्ञान तथा प्रबिधि मन्त्री प्रेमबहादुर सिंहलाई भब्य स्वागत

२७ फाल्गुन, २०७३।  नवनियुक्त बिज्ञान तथा प्रबिधि मन्त्री प्रेमबहादुर सिंहलाई भब्य स्वागत ! प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः मन्त्रिपरिषद्‍ विस्तार गरी हेरफेर गरे अनुसार समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले बिज्ञान तथा प्रबिधि मन्त्रालयको जिम्मेवारी दिएको छ । उहाँले यस अघि दुई पटक कानुनमन्त्री र दुई पटक खानेपानी तथा सरसफाई मन्त्रीको जिम्मेवारी सम्हाली सक्नु भएको छ। अनुभवी मन्त्री पाएकोमा कर्मचारीहरु लगायत अन्य सरोकारवाला निकायका सवै आशावादी भएका छन्।

नवनियुक्त बिज्ञान तथा प्रबिधि मन्त्री प्रेमबहादुर सिंहलाई मन्त्रालयमा भब्य स्वागत गरिएको छ । उक्त स्वागत कार्यक्रममा मन्त्रालयका प्रशासन तथा योजना महाशाखाका  सह-सचिव राम आधार शाह, नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा. डा. जीवराज पोखरेल,  वी.पी. कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक आनन्द बहादुर चन्द, सह-कार्यकारी निर्देशक सनत कुमार शर्मा, राष्ट्रिय सूचना प्रविधि केन्द्रकी कार्यकारी निर्देशक ई. प्रणिता उपाध्याय, राष्ट्रिय विधी विज्ञान प्रयोगशाला नेपालका कार्यकारी निर्देशक जीवन प्रसाद रिजाल, प्रमाणिकरण नियन्त्रकको कार्यालयका नियन्त्रक दिपक कुमार श्रेष्ठ लगायत मन्त्रालयका अन्य धेरै कर्मचारीहरुको उपस्थिती थियो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply