मुख्य समाचार

आज विश्व मौसम दिवस

१० चैत, काठमाडौं । आज विश्व मौसम दिवस ! आज विश्व मौसम दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । प्रत्येक वर्ष  मार्च २३ मा मनाउने मौसम दिवसमा बढ्दो सहरीकरणका कारण वातावरण र मौसममा परेको प्रभाव तथा रोकथामका लागि विभिन्न चेतनामूलक कार्यक्रम हुँदै आएको छ । जलवायु परिवर्तनका बारे युवाहरुलाई विशेष जानकारी गराउन यस वर्षको नारा मौसम र जलवायुका लागि युवा सहभागिता जुटाउँदै भन्ने तय गरिएको छ । विश्व, जलवायु परिवर्तनको मारमा परिरहेकाले त्यसको न्यूनिकरणमा युवा सहभागितालाई जोड दिईएको हो ।

बढ्दो अव्यवस्थित शहरीकरण, जनसंख्या वृद्धि र वातारण प्रदुषणका कारण जोखिम बढ्दै गएकाले यसको प्रभाव र न्यूनिकरणका लागि अपनाउन सकिने उपायका बारेमा विशेष यस वर्षको दिवस केन्द्रित छ । यो वर्षको दिवसले मौसम र जलवायु परिवर्तनका बारे युवालाई सजग गराई यसको न्यूनिकरण गर्न प्रोत्साहित गर्ने विश्व मौसम विज्ञान संगठनले जनाएको छ । बढ्दो वन जंगल विनास र अव्यवस्थित औद्योगिकरणले मौसममा प्रतिकुल असर पर्दै गएको मौसमविज्ञहरुको भनाइ छ ।

विश्व मौसम संगठनसम्बन्धी महासन्धि कार्यान्वयनमा आएपछि सन् १९५० देखि यो दिवस मनाउन थालिएको हो । जनसङ्ख्या वृद्धिका कारण पृथ्वीको तापक्रम बढ्नाले वातावरण र मौसम नकरात्मक प्रभाव पार्दै गएको छ । एक तथ्यांकअनुसार प्रत्येक वर्ष जलवायु परिवर्तनका कारण विश्वभर १२ लाख भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!