वंशाणुगत गुण (Heredity) के हो ?
बाबुआमाको गुणहरू र केही चरित्रहरू आफ्नो सन्तति वा वंशमा सर्ने गुणलाई वंशानुगत गुण (Heredity) भनिन्छ । जुन जीन मार्फत सन्ततिमा जान्छ । फलस्वरूप बच्चाबच्चीको रगत उचाइ, नाक, कान, आँखाको रंग, छालाको रंग, कपालको रगं, अनुहारको आकार आदि जो जन्मनु अघि देखि नै निर्माण हुने प्रक्रिया शुरु हुन्छ । त्यसलाई बाबु आमाबाट छोराछोरीमा सर्न सक्ने लक्षणलाई वंशानुगत लक्षण भनिन्छ । तर अर्को खालको चरित्र जस्तो ज्ञान, सीप आदि कुराहरू जो जन्मिसकेपछि प्राप्त हुन्छ जसलाई जन्मोत्तर आर्जित लक्षण भनिन्छ । त्यो भने सर्दैन यद्यपी प्रभाव भने पर्न सक्छ । मेण्डलको भनाइ अनुसार प्रत्येक वंशजमा एउटा आफ्नो तत्व पठाउँछ । जसलाई हाल जीन भनिन्छ । कुनै जीवको प्रकृति कोषको न्युक्लियस भित्र पाइने जीनले नियन्त्रण गरेको हुन्छ । एक वंशबाट अर्को वंशमा पुग्दा जीनको बनौट र क्रियाकलाप कस्तो हुन्छ भन्ने कुरा अर्धसूत्री विभाजनबाट प्रष्ट हुन्छ । यद्यपि मेण्डलको पालामा जीन र क्रोमोजोमको आविष्कार भएको थिएन ।
अग्लो र होचो केराउको बिरुवा बीच प्रजनन् गराउँदा पहिलो वंशमा सबै अग्ला देखिए किनकी अग्लो बोटको बीऊले पठाएको तत्व भन्दा प्रवल थियो तर दोस्रो वंशमा आउँदा ती गुणहरू छुट्टिए र होचा बिरुवा उत्पादन गरे जसलाई देखिएको गुण भनिन्छ । ठिमाहाहरूमा क्रोमोजोमहरू २ वटा जीनमध्ये एउटा प्रवल चरित्रको र अर्को देखिएको गुण मात्र देखाइरहेको हुन्छ । अतः कहिलेकाही ठिमाहाले शुद्व रूप देखिएतापनि जीनको वनोट फरक हुन्छ । बाहिरी वनौटलाई फिनोटाइप र जीनको भित्री वनौटलाई जिनोटाइप भनिन्छ । आनुवंश भनेको वंशानुगत गुणहरूको बारेको अध्ययनलाई जनाउँछ । जीन कुनै खास आकार प्रकार भएको वस्तु नभई क्रोमोजोममा रहेको रासायनिक यौगिकहरूको समूह हो । जीन, डि.एन.ए. को लामो त्यान्द्रा हो जसले प्रोटिनको निर्माणको लागि आवश्यक सूचना प्रवाह गर्दछ । यो जीनको जाडी क्रोमोजोमको जोडाका दुईवटा त्यान्द्रामा एक-एक गरी रहेको हुन्छ र यसले वंशजको प्रवित्तिलाई नियन्त्रण गर्दछ ।