स्वास्थ्यहेल्थ टिप्स

भान्साको औषधि ज्वानो र यसको उपयोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हाम्रो भान्सामा यस्ता अनेकौं मानव स्वास्थ्यमा उपयोग हुन सक्ने खालका औषधि छन् जसको प्रयोगले थोरै मेहनतमा ठुल्ठूला रोग निको बनाउन सकिन्छ । आज मैले ज्वानोको विषयमा लेख्न गइरहेको छु । ज्वानो सुत्केरी अवस्थामा दिनाले आंग कस्नुको साथै दूध बढाउने कुरा अधिकांशलाई थाहा छ । तर ज्वानोबाट अन्य थुप्रै खालका रोग निको हुने कुरा थाहा नभएको हुन सक्छ ।

हामी यति धेरै परनिर्भरपनको शिकार भयौं कि हामीले राम्रो बस्तुको उपयोग गर्न जानेनौं यो दु:खद कुरा हो । कुनै पनि वस्तुको सहि उपयोग गर्न सके बहुमुल्य औषधि हाम्रो यत्रतत्र छरिएर रहेको विगत लामो समयदेखि भन्दै आएको छु ।

हामीले अंग्रेजी शिक्षा लिएका छौं यो शिक्षा खास गरी युवा पलायन गर्न उपयोग हुने देखिएको छ । तर हामीले तल्लो कलास देखि नै जडिबुटीको शिक्षा दिन सकेको खण्डमा मानिस निरोगी हुने पक्का छ । यस्तो कार्यमा कसैको ध्यान नपुग्नु दु:खको कुरा हो ।

आज मैले जनताको ज्ञान बढाउन र भान्साको औषधि प्रयोग गर्न ज्वानोबाट उपचार गर्नेबारे प्रकाश पार्न गई रहेको छु । ज्वानो हाम्रो नेपालमा उत्पादन हुन सक्ने बस्तु हो तर यो पनि छिमेकीले पुराएको छ भन्ने सुनेको छु ।

ज्वानोको उपयोग

१. अमिलो पानी आएमा

ज्वानोलाई पाउडर बनाउने र मनतातो पानीमा थोरै बिरेनुन राखेर खानापछी आधा चमच १०/१५ दिन खानाले यो रोग निको हुन्छ ।

२. दमको रोगमा

ज्वानो गरम पानी सित खानाले शरीर तातो भएर योगमा कफ पग्लनाले राम्रो फाइदा हुन्छ ।

३. पेट दुख्ने भएमा

ज्वानो र थोरै सिधेनुन गरम पानीसंग खानाले पेट दुख्न निको हुन्छ ।

४. जोर्नी दुख्ने रोगमा

ज्वानोको तेलले मालीस गर्नाले निको हुन्छ ।

५. वायरल सक्रमणमा

गरम पानीमा ज्वानोलाई उमाल्ने र दालचिनि मिस्रण गरेर ३ पटक खान दिने निको हुन्छ ।

६. रक्सी छोड्न मन भएमा

ज्वानो दैनिक मुखमा राखेर चपाउनाले रक्सिको लत छोडाउन सक्छ । खाने मनलाई हटाउन यसको ठूलो भूमिका छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

जिरा र यसको प्रयोग

बेसार र यसको प्रयोग

फिटकिरी र यसको प्रयोग

तुलसी र यसको प्रयोग

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply