पृथ्वीमा ठूलो संकट आउँदै, मानव जीवन सबैभन्दा बढी खतरामा
पृथ्वीमा ठूलो संकट आउँदै, मानव जीवन सबैभन्दा बढी खतरामा ! मानव जीवन मुल्यवान छ, तर पृथ्वीमा ठूलो संकट आउँदैछ; मानव जीवन सबैभन्दा बढी खतरामा छ भन्दा हामी आश्चय चकित हुन सक्छौ । हो अमेरिकाका तीन विश्वविद्यालयले पृथ्वी ‘नयाँ चरणको संकटतर्फ’ प्रवेश गरेको डरलाग्दो अध्ययन प्रतिवेदन सार्वजनिक गरेका छन् । पछिल्ला वर्षहरुमा देखिएका संकट ६ करोड वर्ष अगाडिकोझैं रहेको निष्कर्ष निकाल्दै प्रतिवेदनमा भनिएको छ–‘पहिलो बाटो मानव विनाशको हुनेछ ।’
स्टानफोर्ड विश्वविद्यालयको नेतृत्वमा प्रिन्सटन र बर्कले जस्ता ख्यातीप्राप्त विश्वविद्यालयको अनुसन्धान प्रतिवेदनमा मेरुदण्ड हुने जीव लोप हुने दर सामान्य अवस्थाभन्दा ११४ गुणा वृद्दि भइरहेको जनाइएको छ । यस प्रकारको निष्कर्ष गतवर्ष ड्युक युनिभर्सिटीको एउटा सोधका बारेमा साइन्स एडवान्सेज जर्नलमा छापिएको हो । सोधकर्तामध्येका एकजनाले भने,‘हामी लोप हुन लागेका जीवहरुको पंत्तिमा छैठौं स्थानमा प्रवेश गरिसकेका छौं ।’ छैटौं चरणको ठूलो विनाशतर्फ अघि बढेको अनुसन्धानकर्तामध्येका एकले जनाएका छन् । यस्तैखाले डरलाग्दो अवस्था साँढे ६ करोड वर्ष अगाडि देखापरेको र त्यसबेला डायनोसर जस्ता जनावर लोप भएको थियो ।
अनुसन्धानको नेतृत्व गरेका गेरारडो सेबालोस भन्छन्–‘अहिलेकै अव्यवस्थालाई छाडिदिने हो भने हाम्रा थुप्रै प्रजातिलाई पुनर्जीवन पाउन लाखौं वर्ष लाग्नसक्छ र मानव पनि प्रारम्भिक चरणमा लोप हुनेछ’ । प्रतिवेदनमा सन् १९०० यता मात्र ४०० भन्दा बढी त्यस्ता प्रजातीहरु हराएको दाबी गरिएको छ । वैज्ञानिकहरुको अनुसार यति ठूलो नोक्सान सामान्यतया १०,००० वर्षमा मात्र हुने गरेको छ । स्टेनफर्ड युनिभर्सिटीका प्रोफेसर पल एलिर्चले हामी आफैें आफू बसेको हाँगा काटिरहेको बताए ।
पृथ्वी अत्यधिक तात्दा जीवन भएका सबैखाले प्राणी सखाप भएका थिए । जलवायु परिवर्तन, बढ्दो प्रदुषण, जंगलको विनास र चर्को खडेरी जस्ता कारणले यो संकट निम्तिन थालेको विज्ञान जर्नलमा छापिएको अनुसन्धान रिपोर्टमा उल्लेख छ ।
भिडियो हेर्नको लागि तलको लिक क्लिक गर्नुहोला :
https://www.youtube.com/watch?v=Jmq-8-aRpXg
Gopal Bhandari
गोपाल भण्डारी
http://gopalbhandari.com.np