यौन जिज्ञासा

यौवन शिक्षा  सम्वन्धी केही रोचक जानकारी

१. कुनै देशमा नवविवाहिता दुलहीले पहिलोपटकको सम्भोगअघि कुखुराको चल्लाको रगतले भरिएको सानो ब्याग योनिमा राख्छन् । केही देशमा भने भेडाको जमेको रगत योनिमा राख्ने चलन छ ।

२. धेरै अनुसन्धानकर्ताहरू छाला सबैभन्दा ठुलो सेक्स अंग र दिमाग सबैभन्दा शक्तिशाली ठान्छन् ।

३. किन्स्ले इन्सिच्युटका अनुसार वीर्य स्खलन हुँदाको गति २८ माइल प्रतिघण्टा हुन्छ ।

४. महिलाको चरम आनन्द (अर्गाज्म) को रेकर्ड एक घण्टामा १ सय ३४ पटकको छ ।

५. १० देखि १२ प्रतिशत महिलाले कहिल्यै चरम आनन्दको अनुभव गरेका हुँदैंनन् । सेक्स सिम्बोलको रुपमा अन्तर्राष्ट्रिय रूपमै

      लोकप्रिय अभिनेतृ मार्लिन मूनरोले कहिल्यै अर्गाज्मको अनुभव नगरेको बताइन्छ ।

६. योनिमा रक्तसन्चार बढी हुने भएकाले रजस्वला भएको समयमा महिलाले बढी अर्गाज्म अनुभव गर्छन् ।

७. नियमित सेक्सले मानिसमा रोगप्रतिरोधि क्षमताको विकास हुन्छ भने क्यालोरी खर्च हुने, महिलामा  मासिक धर्म नियमित हुने

र शारीरिक पीडामा प्राकृतिक औषधिको काम गर्छ ।

८. आफ्नो यौनांगप्रति सकारात्मक सोच राख्ने महिला सेक्समा सन्तुष्ट नै हुन्छन् ।

९. महिलाहरु विभिन्न तरिकाले चरम सन्तुष्टि (अर्गाज्म) लिन सक्षम हुन्छन् । सबैमध्ये भंगाकुरको अर्गाज्म सबैभन्दा शक्तिशाली

    हुन्छ र महिलाले यसैबाट बढी सन्तुष्टि अनुभव गर्छन् । त्यसपछि अर्को हो, भ्यागिनल (योनि) को अर्गाज्म । तेस्रोमा जब

   महिलाको योनि र  भंगाकुरले एकसाथ सन्तुष्टिको अनुभव दिन्छन्, त्यसलाई ब्लेन्डेड अर्गाज्म भनिन्छ । यस्तै, चुम्बन, निप्पल र      खुट्टामाथि दबाब दिदा     पनि महिलाहरू अर्गाज्म महसुस गर्छन् ।

१०. महिलाहरु पनि पुरुषजस्तै स्खलित हुन्छन् र त्यो पुरुषको वीर्य बन्ने रसायनबाटै बनेको हुन्छ । एकपटक महिला स्खलित हुँदा

       एक चम्चाजति स्त्रीरस स्खलन हुन्छ ।

११. ठुलो र सानो स्तनबीच यौनिक हिसाबले कुनै अन्तर हुँदैंन ।

१२. महिलामा अर्गाज्म महसुस गराउने योनिभित्र रहेको स्थानको नाम ‘जी–स्पट’ डा. अर्नेष्ट ग्राफेनवर्गको नाममा राखिएको हो ।

    उनले  महिलाको योनिभित्र उत्तेजना दिने स्थान हुन्छ भन्ने पत्ता लगाएका थिए ।

१३. एक पुरुषले आफ्नो जीवनभर ०.५० खर्ब वीर्य स्खलन गर्न सक्छन् ।

१४. एक स्वस्थ पुरुषले जीवनभर १४ ग्यालेन वीर्य स्खलन गर्न सक्छ ।

१५. ३ करोड वर्षअघि ‘फुलिसिया डोरोथिया’ नामको जनावरले पहिलोपटक सेक्स गरेको भनेर धेरै वैज्ञानिकहरू विश्वास गर्छन् ।

१६. पोल्याण्डका समाजशास्त्री ब्रोनिस्ल मालिनोस्कीका अनुसार दक्षिण प्रशान्तका आदिवासीहरुले सेक्स गर्दाको पोजिसनको

       नाम ‘मिसनरी पोजिसन’ राखेका थिए । त्यहाँ भर्खर पुगेका क्रिश्चियन मिसनरीहरु आदिवासीहरू थुप्रै पोजिसनमा सेक्स

       गर्छन् भन्ने सुनेर छक्कै परेका थिए ।

१७. आफ्नी श्रीमतीलाई घरेलु काममा सघाउने पुरुषहरु बढी सेक्स चाहन्छन्् ।

१८. पुरुषको लिंग र महिलाको योनिको वरिपरीको मांसपेशीलाई ‘प्युबोकोसाइजिल मसल’ भनिन्छ । यो    मांशपेशीको नियमित

     अभ्यासले महिला तथा पुरुषमा अर्गाज्म दिन्छ ।

१९. कण्डम उत्पादक कम्पनी ड्युरेक्सले सन् २००७÷२००८ मा गरेको अनुसन्धानअनुसार सबैभन्दा धेरै सेक्स गर्नेमा ग्रिसका

     मानिस पर्छन् ।  उनीहरुले वर्षमा १६५ पटक सेक्स गर्छन् । त्यसपछि ब्राजिलका मानिसले १४५ पटक गर्छन् । विश्वभरका

     मानिसले वर्षमा सरदर १०३        पटक सेक्स गर्छन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!