स्वास्थ्य

स्वास्थ्य सम्वन्धी केही रोचक जानकारी  

स्वास्थ्य सम्वन्धी केही रोचक जानकारी । मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा स्वास्थ्य मानिन्छ भने दोश्रो महत्वपूर्ण कुरा धन । त्यसैले स्वास्थ्यलाई पनि धन नै भन्ने गरिएको हो । तर पहिलो धन भएन भने दोश्रो धनले काम दिँदैन । जतिसुकै कमाए पनि स्वास्थ्यमा समस्या छ भने मानिसले जीवनमा शान्ति अनुभव गर्दैन ।

बरु अभावमा खुसी रहन सकिन्छ तर रोगी शरीर भयो भने खुसी दुर्लभ हुन्छ । शास्त्रमा स्वास्थ्य धनको विषयमा निक्कै महत्वका साथ चर्चा गरिएको छ । स्वास्थ्यका लागि अनुशासित जीवनशैली अनिवार्य मानिएको छ । यहाँ यस्ता कुराको चर्चा गरिएको छ जुन काम गर्दा मानिस् छिटो बुढो हुन्छ ।

गरुड पुराणको आचारखण्डमा भनिएको छः
अत्यम्बुपानं कठिनाशनं च धातुक्षयो वेगविधारणं च।
दिवाशयो जागरणं च रात्रौ षड्भिर्नराणां निवसन्ति रोगा:।।

अर्थात आहार विहारमा गरिएको लापरवाहीले मानिसलाई छिटै गम्भिर रोग बनेर बुढेशकाल तर्फ धकेलिदिन्छ । यो शुत्र अनुसार यी ६ काम भुलेर पनि गर्नु हुँदैनः

१. चाहिने भन्दा बढी मात्रामा पानी पिउनु
२. भारी अर्थात गरिष्ठ भोजन गर्नु
३.अत्याधिक बीर्य स्खलन
४. दिसा पिसाव रोक्नु
५.दिउसै सुत्नु
६.रातिमा जागिरहनु

त्यसैगरी गरुण पुराणमा यी कुरा पनि स्वास्थ्यको लागि घातक मानिएको छ ।
– काँचो वा सुख्खा मासु सेवन
– सू्र्योदयको समयमा मैथुन वा निद्रा
– वृद्ध महिलासँग यौन सम्पर्क

यो पनि पढ्नुहोस्   

सधै जवान देखिने तरिकाहरु

हरेक व्यक्तिले जान्नुपर्ने जीवन दर्शनका यथार्थ शिक्षाहरु

जीवन उपयोगी स्मरणीय तथ्यहरु

कपाल किन फुल्छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!