कृमि छिद्र (Wormhole) के हो ?
विज्ञान कथाहरूका परिकल्पनाकारहरू ब्रम्हाण्ड पलभरमै यात्रा गर्न सकिने यन्त्रहरूको विकास गर्नसम्भव छ भनेर वर्णन गर्न पनि पछि पर्दैनन् । यही मानवको पलभरमा यात्रा गर्ने सपनालाईपूरा गर्ने यन्त्र हो – कृमि छिद्र अर्थात् वर्म होल (Wormhole) । अहिलेको वैज्ञानिक युगमात्यस्ता कुन गुणहरूले यस्तो अचम्मको यन्त्रको निर्माण सम्भव छ, चर्चा गर्नु उचित होला ।
सर्वप्रथम हामीले कृमि छिद्रको निर्माणमा सहयोग पु¥याउने अवयवको बारेमा जान्नुआवश्यक छ । एउटा जान्नैपर्ने आधारभूत विषय हो – कृष्ण छिद्र (Black Hole)ब्ल्याक होल त्यस्तो स्थान हो, जहाँ गुरुत्वाकर्षण शक्ति यति धेरै हुन्छ किपदार्थ प्रवेश गर्न त सक्छ तर प्रकाशको किरण पनि त्यसबाट फुत्कन सक्दैन । कुनैपनि वस्तुलाई देख्न त्यस वस्तुबाट प्रकाश परावर्तन हुनुपर्छ तर कृष्ण छिद्रबाट कुनै पनिसंकेत फुत्कन नसक्ने भएकाले यो नाङ्गो आँखाले देख्न सम्भव छैन । तिनीहरूलेप्रकृतिमा रहेका देख्न सकिने पदार्थमाथि थोपर्ने असरको मापनको आधारमा ब्ल्याकहोलको अस्तित्व पुष्टि गर्ने गरिन्छ । अत्यन्तै ठूला ताराहरूको आन्तरिकगुरुत्वाकषर््ाण शक्तिको प्भावले लगातार संकुचनको परिणामस्वरूप सानो अनि बढी घनत्व भएका ब्ल्याक होलको निर्माण हुन्छ ।
अर्को बुझ्नु पर्ने विषय हो श्वेत छिद्र (White Hole)श्वेत छिद्रका सम्पूर्ण गुणहरु कृष्णछिद्रको ठ्याक्कै उल्टा हुन्छन् । कृष्ण छिद्रले आफ्नो समीपबाट जाने पदार्थहरुलाई तानेर लिन्छ र कहिल्यै फुत्कन दिदैन तर् श्वेत छिद्रमा कुनै पनि पदार्थ प्रवेश गर्नसक्दैन, यसले आफूतर्फ आइरहेका सम्पूर्ण पदार्थलाई फर्काइदिन्छ । कृमि छिद्र त्यस्तोसैद्धान्तिक रुपमा स्थापित स्थान हो, जसलाई आइस्टाइनको सामान्य सापेक्षतावादको सिद्धान्तले स्वीकार गर्छ र ब्रम्हाण्डमा टाढा रहेका दुई वटा क्षेत्रलाई सबैभन्दा छोटो दुरीको रुपमा जोड्ने काम गर्छ । त्यो छोटो दुरीलाई सुरुङ (tunnel)को रुपमा लिइन्छ र यही सुरुङलाई नै कृमि छिद्र भनिन्छ ।
अतः कृमि छिद्र कुनै पनि स्थानका दुई वटा विन्दुलाई जोड्ने सुरुङ्ग हो । यस्ता विन्दुहरु छुट्टै दुई वटा संसारका हुन सक्छन् अथवा एउटै ब्रम्हाण्डका पनि हुन सक्छन् । यस्तो सूरुङको लागि आवश्यक पर्ने बक्रता निर्माणगर्ने मुख्य भूमिका कृष्ण छिद्र र श्वेत छिद्रले निभाउनेमा वैज्ञानिकहरु विश्वास गर्छन् । उनीहरुका अनुसार दुई वटा ब्ल्याक होल अथवा एउटाब्ल्याक होलसँग श्लेत छिद्रको संयोजनबाट कृमि छिद्रको निर्माण हुन्छ ।
कृमि छिद्र अर्थात् वर्म होल शब्दको प्रयोग अमेरिकन भौतिकशास्त्री जोन ह्विलर(Wormhole)० ले सन् १९५७ वाट ल्याएका हुन् । वैज्ञानिकहरूले दुई प्रकारका कृमि छिद्रको परिकल्पना गरेका छन् ।
क) लोरेन्जियत कृमि छिद्र (Lorentzian Wormhole)
ख) युक्लिडियन कृमि छिद्र (Educlidean Wormhole)
पहिलो प्रकारको छिद्र सामान्य सापेक्षतावादको सिद्धान्त र सेमिक्लासिकल ग्रेभिटीको आधारमा अध्ययन गरिन्छ भने दोस्रो प्रकारको छिद्र कणिय भौतिकशास्त्रको आधारमा अध्ययन गरिन्छ ।