राष्ट्रिय समाचार

विज्ञान तथा प्रविधिका क्षेत्रमा योगदान पुर्याउने वैज्ञानिक तथा संस्थालाई पुरस्कार

विज्ञान तथा प्रविधिका क्षेत्रमा योगदान पुर्याउने वैज्ञानिक तथा संस्थालाई पुरस्कार । विज्ञान तथा प्रविधिका क्षेत्रमा योगदान पुर्याउने वैज्ञानिक तथा संस्थालाई पुरस्कार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विज्ञान तथा प्रविधिका क्षेत्रमा योगदान पुर्यााएबापत विभिन्न वैज्ञानिक तथा संस्थालाई पुरस्कार प्रदान गरेको छ ।

NAST

नास्टले प्रकृतिक संरक्षण पुरस्कार वातावरण संरक्षण शिविर ललितपुरलाई पुरस्कार प्रदान गरेको छ ।
विज्ञान पुरस्कार पाटन संयुक्त क्याम्पसकी डा. कुञ्जनी जोशी र प्रविधि पुरस्कार त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र विभागका डा. रामेश्वर अधिकारीलाई पुरस्कार प्रदान गरेको छ ।

100

विज्ञान तथा प्रविधि युवा पुरस्कार त्रित्रि वातावरण विभागकी डा. रसिला देसार, पद्मकन्या क्याम्पसका डा. ईश्वरचन्द्र यादव, नास्टका सोहन श्रेष्ठ, काठमाडौं विश्वविद्यालयका डा. हरिप्रसाद न्यौपाने र धुलिखेल अस्पतालकी डा. सोनी शाक्यलाई पुरस्कार प्रदान गरेको छ । त्यस्तै प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवद्र्धन पुरस्कार नेपाली सेनाका रामचन्द्र तिवारी र डल्फिन संरक्षण केन्द्र कैलालीले पुरस्कार प्रदान गरिएको छ ।

400

तेस्रो विश्वविज्ञान प्रज्ञा प्रतिष्ठान पुरस्कार नास्टका डा. हेमु काफ्ले र डा. रामचन्द्र पौडेललाई पुरस्कार प्रदान गरिएको छ भने दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार त्रिधि वातावरण विभागकी ममता भट्ट र बायोटेक्नोलोजी केन्द्रीय विभागका राजेश लामिछानेलाई पुरस्कार प्रदान गरिएको नास्टले जनाएको छ ।

For more Information:

http://nast.gov.np/new/uploaded/download/Syllebus/NAST%20Awardee1%20%202071%20doc.pdf

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!