आयुर्वेद

आयुर्वेदिक वृक्ष अशोक र यसका फाइदाहरु

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा


अशोक नेपालमा प्रशस्त हुने खालको बोट हो । यसको गुणको बणन गरेर साध्य छैन् । महिलाहरूको जस्तोसुकै समस्या यसले हल गर्दछ । अशोकको बारेमा केहि वैद्यहरूले जहाँ अशोक छ त्यहाँ महिलारूलाई कुनै पनि रोग नलाग्ने कुरा भनेका छन्,सुन्दा यसको औषधि गुणबारे सवैलाई जानकारी पस्कने जमर्को गर्दैछु । आयुर्वेदिक कंम्पनीहरूले यसको पात बोक्राबाट अशोकारीष्ट निर्माण गरेर महिलाको रोग निको बनाउन राम्रो भुमिका खेलेको पाइन्छ ।

ल्यूकोरियामा अशोकको प्रयोग बढी हुने गरेको पाइन्छ । महिला दिदी बैनीहरूलाई यस्तो समस्या छ भने अशोकको बोक्रा ल्याउनुहोस् र चूण बनाएर समभाग मिश्री मिलाएर गाइको दूधसंग खानुहोस रोग निको बनाउदछ । आजकाल के बच्चा के बुढा धेरै जसोलाई यो रोगले छोएको पाइन्छ । उपचार गर्दागर्दै थाक्नु भएको भए आजै यो औषधि बनाएर सेवन गरौं राम्रो फाइदा हुनेछ ।

यो पनि पढ्नुहोस्  

सौंफ र यसका फाइदाहरु

पुदिना र यसका फाइदाहरु

असुरो प्रयोगबाट हुने फाइदाहरु

स्वास्थ्यको लागि आँप खानुका फाइदाहरु

तरकारीको रुपमा परवल खानुका फाइदाहरु

पिस्ता खाँदा स्वास्थ्यमा पुग्ने फाइदाहरु

महिलाहरूको फेसमा कालोपोतो हुने समस्या दिन प्रतिदिन बढ्दैछ । यस्तो समस्या हुनुको प्रमुख कारण भनेको पाठेघरको समस्याले मासिक धर्म वा महिनावारी ठिक समयमा नहुनाले वा रगत अशुद्ध हुनाले यसको असर फेसमा पर्न जान थाल्दछ । भाष्कर हर्बासिटिकल्सले अशोकको बोक्रा र पातबाट बनेको औषधि अशोकारिष्ट ल्याएको छ । यो औषधि १५ देखि ३० मि.ली समभाग पानी मिलाएर दिनमा २ पटक २,३ महिना सेवन गर्नाले राम्रो फाइदा गर्दछ ।

अनियमित मासिक धर्म महिनावारीको कारणले पनि गर्भधारण नहुन सक्छ । गर्भासय कमजोर हुनाले यस्तो समस्या देखिएको भएमा अशोकको फूल जम्मा गरेर दहिसंग सेवन गर्नाले गर्भपतन हुन रोक्नुको साथै गर्भधारण हुने क्षमतामा वृद्धि हुन जान्छ । हामीले अनेकौं यस्ता बिरामी ठिक गर्न सफल भएका छौं । यस्तो समस्या भएका महिलाले २,३ महिना यो औषधि सेवन गरेमा राम्रो फाइदा देखिन थाल्दछ ।

नियमित मासिक स्राबलाई ठिक गर्दै महिलाको फेसमा समेत परिवर्तन ल्याउनमा यो औषधि बेजोड छ । हाम्रो घाउघरमा वा जंगलमा अशोक लगाएर राम्रो आम्दानी लिन सकिन्छ । आज प्रशस्त सम्भावना बोकेको देशमा सवै युवा बेरोजगार छन् यो दु:खद हो । खाली जमिनमा अशोकको खेती गर्नुस भन्ने म आग्रह गर्दछु । यस्ता औषधिमा प्रयोग हुने अशोक लगाएर लाभ उठाउनु हुनेछ भन्ने म आग्रह गर्दछु । ढिलो चाडो किन नहोस् बोट रोपेमा यसले पक्कै फल दिनेछ ।

Like & Follow us on Facebook


*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!