यसरी भट्टयाउनुहोस देउसी खेल्दा
तिहार भन्नेबित्तिकै सबैलाई देउसीको सम्झनाले सताउँछ । तिहारको पहिचान देउसी हो । देउसी नखेली तिहार जाँदैन भन्ने मान्यता पनि छ । तिहारलाई कान्छो चाड मानिने भएकाले तिहार हामी सबैको प्यारो चाड पनि हो । तिहारको बेलासमुहमा मिलेर गाइने गीत देउसी हो ।
हिमाली देश नेपालको यो एउटा पुरानो संस्कृति हो जसमा पुरुषहरू जम्मा भएरआफ्नो छिमेकीहरूको घर घरमा गएर गीत गाउँछन । यो गीत गाउँदा साधारणत: एक जना मुख्य हुन्छन् र समूहका अरू ब्यक्तिहरू मुख्य ब्यक्तिको देउसी भन्दै गीतको अन्तसम्म अनुसरण गर्छन । यसरी भट्टयाउनुहोस देउसी खेल्दा ।
यसरी भट्याऔँ
मुख्य – “ए है, भन मेरा भाइ हो”
समूह – देउसी रे !
मुख्य – “ए है, राम्ररी भन”
समूह – देउसी रे !
मुख्य – “ए है, स्वर मिलाई भन”
समूह – देउसी रे !
मुख्य – “ए है, भन न भन”
समूह – देउसी रे !
मुख्य – “ए है, देउसी रे भन”
समूह – देउसी रे !
मुख्य – “ए है, यो घर कत्रो ”
समूह – देउसी रे !
मुख्य – “ए है, सिङ्हदर्बार जत्रो”
समूह – देउसी रे !
मुख्य – “ए है, यो आँगन कत्रो”
समूह – देउसी रे !
मुख्य – “ए है, टुडिखेल जत्रो”
समूह – देउसी रे !
मुख्य – “ए है, रातो माटो”
समूह – देउसी रे !
मुख्य – “ए है, चिप्लो बाटो”
समूह – देउसी रे !
मुख्य – “ए है, लड्दै र पड्दै”
समूह – देउसी रे !
मुख्य – “ए है, आएका हामी”
समूह – देउसी रे !
मुख्य – “ए है, कान्छो चाडमा”
समूह – देउसी रे !
मुख्य – “ए है, केराको थम्बा”
समूह – देउसी रे !
मुख्य – “ए है, दस भाइ जम्मा”
समूह – देउसी रे !
मुख्य – “ए है, देउसी खेल्दै”
समूह – देउसी रे !
मुख्य – “ए है, सुब्बाको घरमा”
समूह – देउसी रे !
मुख्य – “ए है, आएका हामी”
समूह – देउसी रे !
मुख्य – “ए है, झिलिमिली झिलिमिली’
समूह – देउसी रे !
मुख्य – “ए है, केको झिलिमिली”
समूह – देउसी रे !
मुख्य – “ए है, बत्तीको झिलिमिली”
समूह – देउसी रे !
मुख्य – “ए है, बत्तीको हैन”
समूह – देउसी रे !
मुख्य – “ए है, दियोको झिलिमिली”
समूह – देउसी रे !
मुख्य – “ए है, दियोको हैन”
समूह – देउसी रे !
मुख्य – “ए है, तिहारको झिलिमिली”
समूह – देउसी रे !
मुख्य – “ए है, हामी त्यसै”
समूह – देउसी रे !
मुख्य – “ए है, आएका होइनौँ”
समूह – देउसी रे !
मुख्य – “ए है, बलीराजाले पठाएर आको”
समूह – देउसी रे !
मुख्य – “ए है, एक घर होइन”
समूह – देउसी रे !
मुख्य – “ए है, दुई घर होइन”
समूह – देउसी रे !
मुख्य – “ए है, सयौँ घर डुल्ने”
समूह – देउसी रे !
मुख्य – “ए है, घरभेटी आमाले”
समूह – देउसी रे !
मुख्य – “ए है, भैलिनीलाई”
समूह – देउसी रे !
मुख्य – “ए है, हरियो नोट”
समूह – देउसी रे !
मुख्य – “ए है, दिन लाउनुभयो”
समूह – देउसी रे !
मुख्य – “ए है, छानामाथि घिरौँला”
समूह – देउसी रे !
मुख्य – “ए है, केके दिन्छन् हेरौँला”
समूह – देउसी रे !
यस्तै प्रक्रिया चल्दै गएपछि देउसी खेल गएको घरबाट नाङ्लोमा चामल, रुपैया पैसा, सेलरोटी आदि प्रकारका चीजहरु दिन्छन् । मुख्य ब्यक्तिले गीतको अन्तमा गयेको घरका सबै जानालाई शुभकामना र आशिष दिन्छ र समुहका मान्छेहरू देउसुरे भन्दै गर्छन।
मुख्य – “ए है, यो घरमा”
समूह – देउसी रे !
मुख्य – “ए है, लक्ष्मीले”
समूह – देउसी रे !
मुख्य – “ए है, बासै गरुन्”
समूह – देउसी रे !
मुख्य – “ए है, यो घरको”
समूह – देउसी रे !
मुख्य – “ए है, अहिले आउँदा”
समूह – देउसी रे !
मुख्य – “ए है, टिनको छानो”
समूह – देउसी रे !
मुख्य – “ए है, अर्को साल आउँदा”
समूह – देउसी रे !
मुख्य – “ए है, सुनको छानो”
समूह – देउसी रे !
मुख्य – “ए है, भइजाओस्”
समूह – देउसी रे !
मुख्य – “ए है, माटो छुदा अन्न होस्”
समूह – देउसी रे !
मुख्य – “ए है, ढुङ्गा छुदा द्रव्य होस्”
समूह – देउसी रे !
मुख्य – “ए है, पानी छुदा तेल होस्”
समूह – देउसी रे !
मुख्य – “ए है, सीप ज्ञानमा पोख्त”
समूह – देउसी रे !
मुख्य – “ए है, रोगबाट मुक्त”
समूह – देउसी रे !
मुख्य – “ए है, भलो होस् सबको”
समूह – देउसी रे !
यी देउसेका आशीक लिनुहोस्,
अब हामलाई बिदा नि दिनुहोस् ।
भ्याउनु पर्ने यो सारा संसार,
हाम्रो आफ्नै संस्कृति अनुसार ।
यो पनि पढ्नुहोस्