धर्म-सस्कृति

यसरी भट्टयाउनुहोस देउसी खेल्दा

तिहार भन्नेबित्तिकै सबैलाई देउसीको सम्झनाले सताउँछ । तिहारको पहिचान देउसी हो ।  देउसी नखेली तिहार जाँदैन भन्ने मान्यता पनि छ । तिहारलाई कान्छो चाड मानिने भएकाले तिहार हामी सबैको प्यारो चाड पनि हो । तिहारको बेलासमुहमा मिलेर गाइने गीत देउसी हो ।

हिमाली देश नेपालको यो एउटा पुरानो संस्कृति हो जसमा पुरुषहरू जम्मा भएरआफ्नो छिमेकीहरूको घर घरमा गएर गीत गाउँछन । यो गीत गाउँदा साधारणत: एक जना मुख्य हुन्छन् र समूहका अरू ब्यक्तिहरू मुख्य ब्यक्तिको देउसी भन्दै गीतको अन्तसम्म अनुसरण गर्छन । यसरी भट्टयाउनुहोस देउसी खेल्दा ।

यसरी भट्याऔँ 

मुख्य – “ए है, भन मेरा भाइ हो”

समूह –  देउसी रे !
मुख्य – “ए है, राम्ररी भन”

समूह – देउसी रे !

मुख्य – “ए है, स्वर मिलाई भन”

समूह –   देउसी रे !

मुख्य – “ए है, भन न भन”

समूह –   देउसी रे !
मुख्य – “ए है, देउसी रे भन”

समूह –   देउसी रे !

 

मुख्य – “ए है, यो घर कत्रो ”

समूह –  देउसी रे !
मुख्य – “ए है, सिङ्हदर्बार जत्रो”

समूह –  देउसी रे !

मुख्य – “ए है, यो आँगन कत्रो”

समूह –   देउसी रे !

मुख्य –  “ए है, टुडिखेल जत्रो”

समूह –   देउसी रे !
मुख्य – “ए है, रातो माटो”

समूह –  देउसी रे !
मुख्य – “ए है, चिप्लो बाटो”

समूह –  देउसी रे !
मुख्य – “ए है, लड्दै र पड्दै”

समूह –   देउसी रे !
मुख्य – “ए है, आएका हामी”

समूह –   देउसी रे !

 

मुख्य – “ए है, कान्छो चाडमा”

समूह –   देउसी रे !
मुख्य – “ए है, केराको थम्बा”

समूह –   देउसी रे !
मुख्य – “ए है, दस भाइ जम्मा”

समूह –   देउसी रे !
मुख्य – “ए है, देउसी खेल्दै”

समूह –   देउसी रे !
मुख्य – “ए है, सुब्बाको घरमा”

समूह –   देउसी रे !
मुख्य – “ए है, आएका हामी”

समूह –   देउसी रे !

 

मुख्य – “ए है, झिलिमिली झिलिमिली’

समूह –   देउसी रे !
मुख्य – “ए है, केको झिलिमिली”

समूह –   देउसी रे !
मुख्य – “ए है, बत्तीको झिलिमिली”

समूह –    देउसी रे !

मुख्य – “ए है, बत्तीको हैन”

समूह –    देउसी रे !

मुख्य – “ए है, दियोको झिलिमिली”

समूह –    देउसी रे !

मुख्य – “ए है, दियोको हैन”

समूह –    देउसी रे !

मुख्य – “ए है, तिहारको झिलिमिली”

समूह –    देउसी रे !

 

मुख्य – “ए है, हामी त्यसै”

समूह –   देउसी रे !
मुख्य – “ए है, आएका होइनौँ”

समूह –   देउसी रे !
मुख्य – “ए है, बलीराजाले पठाएर आको”

समूह –    देउसी रे !
मुख्य – “ए है, एक घर होइन”

समूह –    देउसी रे !
मुख्य – “ए है, दुई घर होइन”

समूह –    देउसी रे !
मुख्य – “ए है, सयौँ घर डुल्ने”

समूह –    देउसी रे !

 

मुख्य – “ए है, घरभेटी आमाले”

समूह –   देउसी रे !
मुख्य – “ए है, भैलिनीलाई”

समूह –    देउसी रे !
मुख्य – “ए है, हरियो नोट”

समूह –    देउसी रे !
मुख्य – “ए है, दिन लाउनुभयो”

समूह –   देउसी रे !
मुख्य – “ए है, छानामाथि घिरौँला”

समूह –   देउसी रे !
मुख्य – “ए है, केके दिन्छन् हेरौँला”

समूह –   देउसी रे !

यस्तै प्रक्रिया चल्दै गएपछि देउसी खेल गएको घरबाट नाङ्लोमा चामल, रुपैया पैसा, सेलरोटी आदि प्रकारका चीजहरु दिन्छन् । मुख्य ब्यक्तिले गीतको अन्तमा गयेको घरका सबै जानालाई शुभकामना र आशिष दिन्छ र समुहका मान्छेहरू देउसुरे भन्दै गर्छन।

मुख्य – “ए है, यो घरमा”

समूह –   देउसी रे !
मुख्य – “ए है, लक्ष्मीले”

समूह –   देउसी रे !
मुख्य – “ए है, बासै गरुन्”

समूह –    देउसी रे !
मुख्य – “ए है, यो घरको”

समूह –   देउसी रे !
मुख्य – “ए है, अहिले आउँदा”

समूह –   देउसी रे !
मुख्य – “ए है, टिनको छानो”

समूह –    देउसी रे !
मुख्य – “ए है, अर्को साल आउँदा”

समूह –   देउसी रे !
मुख्य – “ए है, सुनको छानो”

समूह –   देउसी रे !
मुख्य – “ए है, भइजाओस्”

समूह –   देउसी रे !

 

मुख्य – “ए है, माटो छुदा अन्न होस्”

समूह –   देउसी रे !
मुख्य – “ए है, ढुङ्गा छुदा द्रव्य होस्”

समूह –   देउसी रे !
मुख्य – “ए है, पानी छुदा तेल होस्”

समूह –    देउसी रे !
मुख्य – “ए है, सीप ज्ञानमा पोख्त”

समूह –   देउसी रे !
मुख्य – “ए है, रोगबाट मुक्त”

समूह –   देउसी रे !
मुख्य – “ए है, भलो होस् सबको”

समूह –    देउसी रे !

 

यी देउसेका आशीक लिनुहोस्,

अब हामलाई बिदा नि दिनुहोस् ।

भ्याउनु पर्ने यो सारा संसार,

हाम्रो आफ्नै संस्कृति अनुसार ।

 

यो पनि पढ्नुहोस्

तिहारै आयो लौ झिलिमिली

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!