अन्तर्राष्ट्रिय समाचार

वैज्ञानिकले छालाबाटै बनाए शुक्रकिट र अण्डा

शुक्रकिट भनेको पुरुष अण्डासय (Testicle) हुँदै यौन क्रियाकलाप गर्दा लिङ्गबाट निस्कने अनुकण (Sex Cell) हो । विशेष प्रकारका प्रजनन कोषबाट सरीरमा शुक्रकिट र अण्डा उत्पादन हुने गर्छ । तर वैज्ञानिकहरुले भने शुक्रकिट र अण्डाको उत्पादन गर्न छालाको प्रयोग गरेका छन् ।बेलायतको क्याम्बि्रज विश्वविद्यालयका शोधकर्ताहरुले छालाका कोषबाट कृत्रिम शुक्रकिट तथा अण्डा तयार गर्न सफल भएका हुन् ।मानिसको भ्रुणात्मक स्टेम कोषलाई प्रयोगशालाको अत्यधिक नियन्त्रित वातावरणमा ५ दिनसम्म कल्चर गरि वैज्ञानिकहरुले शुक्रकिट र अण्डाजस्ता सेक्स कोषिका निर्माण गरेका हुन् ।

Fertilisation
वैज्ञानिकहरुका अनुसार स्टेम कोशिकालाई सेक्स सेल्समा परिणत गरिएको सोही पद्धतिबाटै मानिसको छालाको तन्तुलाई समेत प्रारम्भिक अवस्थाका शुक्रकिट तथा अण्डामा परिणत गर्न सकिन्छ ।यसरी छालाबाट तयार गरिएका प्रारम्भिक अवस्थाका प्रजनन कोषहरु विस्तारै परिपक्व शुक्रकिट तथा अण्डामा विकाश हुने उनीहरुको भनाइ छ ।
यो अनुमानलाई प्रमाणित गर्नका लागि वैज्ञानिकहरुले त्यसरी उत्पादन गरेका प्रारम्भिक अवस्थाका प्रजनन कोषहरुलाई मुसाको डिम्बासयमा प्रत्यारोपण गर्नेछन् र डिम्बासयभित्र प्रजनन कोष परिपक्व अवस्थामा विकशित हुने हेर्नेछन् ।
यदि मुसाको डिम्बासयमा प्रत्यारोपित प्रजनन कोषहरु परिपक्व अवस्थामा विकशित भएमा यो ठूलो उपलब्धि हुने र त्यसपछि मानिसको छालाबाट शुक्रकिट तथा अण्डा उत्पादन गरि बाँझोपना भएका मानिसको उपचारमा वरदान सावित हुने दाबी वैज्ञानिकहरुको छ । यसलाई चिकित्सा विज्ञानमा ऐतिहासिक उपलब्धिको रुपमा लिन सकिने दाबी शोधकर्ताहरुले गरेका छन् ।
प्रमुख शोधकर्ता अजिम सुरानीले यो पद्धति निकै नै छिटो भएको बताएका छन् ।स्मरण रहोस् सन् २०१२ मा जापानी वैज्ञानिकहरुले स्टेम कोशिकाबाट मुसाको अण्डा उत्पादन गरेका थिए जसलाई मुसामा गर्भाधारण गरि बच्चा जन्माइएको थियो । बेलायतको म्यानचेष्टर विश्वविद्यालयका वैज्ञानिकहरुले मानिसमा समेत सोही पद्धतिबाट शुक्रकिट उत्पादन गरेको दाबी सन् २००९ मै गरेका थिए । तर त्यसको पुष्टि भने गर्न सकेनन् ।(एजेन्सी)

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!