विज्ञान जिज्ञासा

आँखालाई सधै स्वस्थ्य राख्ने खानेकुरा के के हुन ?

आँखा शरीरको महत्वपूर्ण अंग हो जुन दृष्टिको काममा आँउछ।  आँखा हाम्रो शरीरको सबैभन्दा महत्वपुर्ण ,संबेदनशील र अभिन्न अँग हो । त्यसैले गर्दा हाम्रो आँखाको हेरचाह राम्रो सँग गर्नु पर्छ। मानव शरीरमा दुई आँखा हुन्छन्। यो दुईटै आँखा खोपडीको अर्बिटमा अवस्थित हुन्छन्। आँखाको फोटोरिसेप्टर प्रकाशलाई विद्युतीय सिग्नलमा परिवर्तन गर्दछ। यो सिग्नललाई अप्टिक स्नायु मष्तिश्कमा पुर्याउँछ र व्यक्तिलाई दृष्टिको अनुभुति हुन्छ।आँखालाई सधै स्वस्थ्य राख्नको लागि भिटामिन र अरु पोषक तत्वोयुक्त खाना खाने गर्नु पर्छ। हामीले समयमै आँखाको सहि हेरचाह गर्यौ भने सधैभरी आँखा स्वस्थ्य राख्न सकिन्छ। आँखालाई स्वस्थ्य राख्ने खानेकुरा :

१) हरियो सागसब्जी र फलफुल :

हामीले हाम्रो भान्सामा कहिले पनि छुटाउन नहुने हरियो साग सब्जी अनि फलफुलहरु जस्तै साग,धनिया हरियो लसुन ,हरियो तरकारी र फलफुल सधै खाने गर्नु पर्छ। यस्ले हाम्रो आँखालाई चाहिने पोषक तत्व प्रदान गर्दछ। हरियो तरकारी र फलफुलमा केरोटीनाइड मिल्दछ यसले आँखाको भित्री भागलाई स्वास्थ्य राख्दछ।

२) भिटामीन युक्त खानेकुराः

भिटामीन ए, बी,सी र ई युक्त खानेकुरा बढि खाने गर्नु पर्दछ । यस्तो खाना खानाले आँखा स्वास्थ्य त हुन्छ नै यसले आँखामा हुने मोतिबिन्दुबाट पनि सधैका लागि मुक्त गराईदिन्छ।

३) बदामः

बदाममा भिटामीन पाईने हुनाले ,सधै भरि राति बदामलाई पानीमा भिजाएर बिहान उठेर खाने गर्नाले पनि आँखालाई धेरै फाइदा हुन्छ।

४) माछाः

माछामा ओमेगा ३ फ्याटी यसिड पाईने हुँदा यस्ले आँखालाई धेरै फाईदा पुर्याउँदछ। एउटा ताजा खोजका अनुसार माछा खानाले आँखाको ज्योती राम्रो हुन्छ।

५) अण्डाः

अण्डामा ल्यूटिन व जीजेथिन् नामको तत्वबाट क्यारोटिनायड्सको निर्माण हुन्छ र यस्ले आँखाको कोषलाई धेरै फाईदा पुर्याउँदछ। त्यसैले दिनको एउटा अण्डा खानाले आँखा स्वास्थ रहन्छ।

यो पनि पढनुहोस्

आँखाको रोग मोतियाबिन्दु र यसको उपचार

आँखालाई सधै स्वस्थ्य राख्ने खानेकुरा के के हुन ?

कम्जोर आँखाको ज्योति बढाउने उपाय

के आँखा पनि अल्छी हुनसक्छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!