तुलसीको तान्त्रीक प्रयोग
तुलसी संसारको जुनसुकै भू-भागमा पनि पाईने वनस्पति हिन्दूहरूको लागि अत्यन्तै पुजनीय एवं उपयोगि वनस्पति हो । Lamiaceae परिवारमा बर्गीकरण गरिएको तुलसी विश्वको धेरै भागमा नियमित सेवन गरिन्छ । तुलसी बहुउपयोगी हुनुको साथै आयुर्वेदिक औषधिको रूपमा बढी प्रयोग गरिन्छ भने पूर्वी एसियाका पकवानको लागि तुलसी अभिन्न मसला हो।
यो पनि पढ्नुहोस्
बुटी बाधेर पनि के रोग निको हुन सक्ला त ?
आयुर्वेदिक जडिबुटी आँकको तान्त्रिक तथा धार्मिक महत्व
धतूरोबाट सर्प भगाउने तान्त्रीक प्रयोग
चमत्कारयुक्त जडिबुटीहरु र यिनीहरुको प्रयोग
आयुर्वेदमा समेत तुलसीलाई विभिन्न रोगको अचुक औषधिका रूपमा लिइएको छ । यसै कारण धार्मिक मान्यता अनुसार तुलसीलाई भगवान् विष्णुको रूपमा लिइने गरिएको विज्ञहरूको तर्क छ । त्यसैले त घर-घरमा ‘तुलसीको मठ’ बनाएर तुलसीको पूजा गर्ने चलन बसेको हो । तुलसी बारे थुप्रै लेख पढ्नु भएको होला तर मेरो लेख फरक छ पढेर फाइदा उठाउनु होस् ।
तुलसीको तान्त्रीक प्रयोग
१. छोराछोरी नभए दिक्क भए ठिक्क भन्ने हो तर कहिलेकाही गलत संगतमा परेर जिद्धि स्वभावका हुनाले आमा बुबालाई दिक्क लाग्न सक्छ । तुलसी पुर्व दिसामा राखेको तिन पात सन्तानलाई खान दिनु सन्तान क्रमश: सुध्रदै जान थाल्नेछ ।
२. छोरीलाई हामीले लक्ष्मीको रूपमा हेर्छौ । बढेकी छोरीलाई योग्य बर नपाउदा दिक्क लाग्न सक्छ । यो समस्या हल गर्न र विवाह चाडो होस् भन्नाका लागि कन्याद्वारा नित्य तुलसीमा पानी चढाउन र दान दक्षिणा दिएमा सोचे जस्तो बर मिल्नेछ ।
३. जसको व्यवसाय राम्रोसंग चलेको छैन यो वहाँहरूको लागि बरदान साबित हुनेछ । तुलसीको बोटमा काचो दुध चढाई दिनु व्यापार चल्न थाल्नेछ ।
Like & Follow us on Facebook
४. नोकरी गर्दा कहिले काही प्रमोशन होस् भन्ने चाहना भएमा तुलसीलाई सेतो कपडामा बाधेर अफिसको खाली जमिनमा गाडी दिनु चाडै प्रमोसन हुन थाल्दछ ।
५. घरमा कलह अशान्ति भएमा भान्साकोठाको नजिक राख्नाले कलह शान्त हुन्छ । घरमा झै झगडा समाप्त हुन्छ । श्रीमान श्रीमति वीचको झगडा भएमा यसो गर्नाले राम्रो फाइदा गर्दछ । प्रेम बढ्न थाल्दछ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।यो पनि पढ्नुहोस्