ताप्लेजुङमा ९ स्थानीय तह बनाईने
२० कातिक, ताप्लेजुङ । ताप्लेजुङमा ९ स्थानीय तह बनाईने ! ताप्लेजुङमा एक नगरपालिका र आठ गाउँपालिका बनाउनेसर्वदलीय सहमति जुटेको छ । जिल्ला प्राविधिक समितिले शनिबार गरेको सर्वदलीय बैठकमा ताप्लेजुङ नगरपालिकासहित ८ स्थानीय तह बनाउने सहमति भएको संयोजक तथा स्थानिय विकास अधिकारी राजेश गौतमले बताए ।
यसअघि दश दलले एउटा खाँका बनाउँदै सहमति गरेपनि एमालेले असहमति जनाउँदा अन्तिम निर्णय हुन सकेको थिएन । तर, शनिबारको बैठकमा दश दलले बनाएको खाँकामा नाल्बु गाविसलाई सुलुम्फी डाँडा केन्द्रमा थप्ने एमालेको प्रस्तावमा सहमति जुटेसँगै स्थानिय तहले अन्तिम रुप पाएको छ ।
समितिले शनिबार नै प्रतिबेदन तयार गरी आयोगमा पठाउँदैछ । दुई वटा गाउँपालिकाको केन्द्रमा दलहरुवीच सहमति नजुटेकाले दुबै स्थान लेखेर आयोगमा पठाउने सहमति भएको संयोजक गौतमले बताए ।
सर्वदलीय सहमतिबाट तयार पारेको खाका
क्र.स | नाम | गाविस | केन्द्र |
---|---|---|---|
१ | ताप्लेजुङ नगरपालिका | फुङ्लिङ, दोखु, हाङ्देवा, फुरुम्बु, फावाखोला | फुङ्लिङ |
२ | सिदिङ्मा | कालिखोला, सादेवा, आङ्खोप, साप्लाखु, मेहेले, लिम्बुदिन, सुरुम्खिम । | साप्लाखु भञ्ज्याङ |
३ | श्रीजंगा | सिनाम, खेवाङ, याम्फुदिन, मामाङखे, पेदाङ, तेल्लोक, आम्बेगुदिन, सिकैचा | तेल्लोक |
४ | याङ्रक | थुम्बेदिन, चाक्सिबोटे, डुमि्रसे, तिरीङे, थेचम्बु, नाङ्खोल्याङ । | थेचम्बु |
५ | आठराई | निगुरादिन, फुलबारी, हाङ्पाङ, चाागे | हाङ्पाङ |
६ | मेवाखोला | फाकुम्बा, सााघु, ढुङ्गसााघु, | ढुङ्गेसाँघु/साँघु |
७ | मेरिङ्देन | थिङ्लाबु, सान्थाक्रा, खाम्लुङ, लिङ्तेप, थुकिमा, नाल्बु | सुलुम्फी डाँडा माईखु |
८ | मिक्वाखोला | पापुङ, सावा, लिवाङ, खोक्लिङ | साँवा |
९ | फक्ताङ्लुङ | सावादिन, खेजेनिम, लिङ्खिम, ईखाबु, तापेथोक, लेलेप, ओलाङ्चुङ्गोला | सिवा/तापेथोक |
स्रोत : रविन भट्टराई, अनलाईनखवर
थप जानकारीको लागि तलको लिक हेर्नुहोला ।