यी उपायहरु अपनाउँनुहोस धनका देवता कुबेर खुशी हुनेछन
यी उपायहरु अपनाउँनुहोस धनका देवता कुबेर खुशी हुनेछन ! धनका देवता रुपमा पुजिएका देवता कुबेरलाई रावणको सौतेनी भाइ मानिन्छ । उनी आफ्नो ब्राह्मण गुणका कारण कुबेर देवता बनेका थिए । भगवान कुवेर शिवजीको द्वारपालको रुपमा मानिन्छ ।
लक्ष्मी हिन्दु धर्ममा धन तथा सुन्दरताकी देवी हुन । अब तपाईहरुले लक्ष्मीको पूजा त दिनहुँ गरेतापनि लक्ष्मी खुशी पार्न सक्नु भएको छैन भने यी उपायहरु अपनाउँनुहोस धनका देवता कुबेर खुशी भई तपाई धनवान हुनुहुनेछ ।
१. यस मन्त्रलाई निरन्तर जप गर्नुहोस
ॐ श्रीं, ॐ ह्रीं श्रीं, ॐ ह्रीं श्रीं क्लीं वित्तेश्वायः नम
यस मन्त्रलाई दिनमा २ पटक विहान र बेलुका १०८+१०८ = २१६ पटक दैनिक मोती कोमलाले जप गर्नुका साथै जप गरिसकेपछि १ पटक हनुमान चालीसा पाठ गर्नुहोस। यसपछि तपाईंहरुलाई निरन्तर धनको वर्षा हुन थाल्नेछ ।
२. रातको समय शिव भगवानको अगाडि दीप बाल्नु
धनका देवता कुबेर पनि प्रत्येक रात भगवान शिवलाई दीप जलाएर खुशी बनाइ धनका देवता बनेका थिए । त्यसैले रातको समयमा भगवान शिवको दिप बाल्दा विशेष कृपा भई धन वर्षा हुने मान्यता छ ।
३. घरमा कुबेरको मूर्ति स्थापना
यदि तपाईंहरुको घरमा धन नआउने र आम्दानीपनि स्थिर नरहने समस्या छ भने धनको देवता कुबेुरको मूर्तिलाई विधिवत प्राण प्रतिष्ठा गरी
घरको उत्तरदिशामा राख्दा धन वर्षा हुन थाल्नेछ ।
४. घरको धनसार अर्थात धन राख्ने ठाउँमा जरुर राख्नुहोस
कुबेरलाई कोषाध्यक्ष मानिने भएको हुँदा पहिला मन्दिरको द्वारमा कुबेर स्थापना गर्ने चलन थियो । किनकी धनको रक्षा कुबेरले गर्नु गर्नुहुन्छ ।
५. दीपावलीमा विशेष पूजा
यसरी जानकारी हुनेहरुले आफ्नो मूलपुरहेतबाट दीपावलीमा कुबेरजीको खास पूजा गराउने गर्दछन् । यसरी यो पूजा गुप्त रुपमा गर्ने गरेको पा
इन्छ । यस पूजामा पण्डितजीले सही मन्त्र उच्चारण गरेर सही मन्त्रद्वारा पूजा गरिदिएमा अवश्य उस घरमा केही महिनामै धन प्राप्ती हुन्छ ।
यो पनि पढ्नुहोस्