राजनीति

लोकतन्त्र र राजतन्त्रमा के फरक ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

लोकतान्त्रिक शाशन व्यवस्थामा जनताको प्रत्यक्ष शाशन व्यवस्था हुनुपर्छ । जनताको हित नै लोकतन्त्रको हित सम्झनुपर्छ तर यहाँ ठिक उल्टो परिपाटी देखिएको छ । यसले लोकतन्त्र नै धरापमा पर्ने संकेत देखिन थालेको छ । जबसम्म सामाजिक स्वार्थ भन्दा माथि उठेर व्यक्तिगत स्वार्थमा हामी काम गर्छौं भने यसको नतिजा ठिक नहुन सक्छ ।

हिजो राणाकालीन समयमा राणाहरूले नेपाली नागरिकका अधिकारलाई कुण्ठित गर्ने कार्य गरेका थिए । नागरिकलाई पढ्ने, लेख्ने र अरु मौलिक अधिकारको व्यवस्था थिएन । उनीहरू राणाहरूको अन्याय अत्याचारलाई सहन विवश थिए । नेपाली समाजले १०४ वर्षसम्म जहाँनिया राणा शासनको कालो कोठरीमा आफ्नो जिन्दगी विताउन परेको थियो । अशिक्षाले गर्दा नेपाली समाज पुरै अन्धकार भएको थियो । तसर्थ तत्कालीन समाजका व्यक्तिहरूले विभिन्न ढंगवाट राणा शासनको विरोध गरेर राणा शाशन ढाले ।

२००७ सालमा प्रजातन्त्रको स्थापना भएको थियो । यस्तो प्रजातन्त्र आएपछि नेपाली नागरिकले पढ्न लेख्न पाउने, आफ्ना विचार व्यक्त गर्न पाउने अभिव्यक्ति स्वतन्त्रता पाए । विशेषत प्रचलित संविधानको अधिनमा रही आफ्नो ढंगले जीवन यापन गर्न पाउने स्वतन्त्रता उनीहरूले पाएका थिए । देशमा विकासका गति दिन प्रतिदिन बढ्दै थियो । यो छिमेकीलाई हजम भएन छ । राजदरबार हत्याकाण्ड भयो विरेन्द्रको सवै परिवार मारिए ।

पुर्ब राजा ज्ञानेन्द्रलाई राजगद्धीमा बसालियो तर राजा ज्ञानेन्द्रको राज गर्ने शैली ठिक नभएको भन्दै नेपालमा जनयुद्ध थालिएको थियो । वैशाख ११ गते दल र राजा वीच गोप्य सम्झौता भएको चर्चा बाहिर चलेपनि त्यो सम्झौता पत्र भने आजसम्म सार्वजनिक भएको छैन । बेला बखत ज्ञानेन्द्र त्यो सम्झौता पत्र सार्वजनिक गरिदिन्छु भन्छन् तर पनि गर्न भने सकेका छैनन् ।

अहिले नेपालमा लोकतन्त्र शाशन व्यवस्था आएपनि जनयुद्धका पालामा ध्वस्त पारिएका र नपारिएका सवै उद्योग बन्द गराइए । लोकतन्त्रको प्रारूप राजसंस्था जस्तै भएको देखिन्छ । राजसंस्था गएपनि जनताले राजसंस्था जस्तै अनुभुति गरेको देखियो । यहाँ विकास शुन्य छ । लोकतन्त्रमा लुटपाट भ्रष्टाचार बलात्कार दिन प्रतिदिन बढ्दै गयो । स्वार्थमा सवै डुब्न थालेको जनताले अनुभुति गर्न थाले कतै नेतृत्वको कारण लोकतन्त्र असफल त हुने होइन भन्ने खतरा बढ्न थालेको महसुस हुदैछ ।

हाम्रो पहिलो दायित्व बेरोजगार युवालाई बन्द उद्योग खोलेर जागिरको व्यवस्था मिलाउन सकेको भए युवा पलायन हुनबाट जोगिने थिए तर आज यसतर्फ कसैको ध्यान पुग्न सकेन यो सवैभन्दा ठूलो दुर्भाग्य हो । अब फेरि नेपालमा धर्म निरपेक्षताको विरोधमा धार्मिक युद्ध र भ्रष्टाचार उन्मुलनको आन्दोलन शुरु हुन सक्छ यदि यसो भएमा सवै भ्रष्टाचारीहरू झेलमा जान सक्ने संकेत देखिदैछ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

पहिले नागरिक बनौ अनि खबरदारी गरौं

देशमा विकास हुन के आवश्यक छ ?

लोकतन्त्र र वर्तमान राजनीति

जनयुद्धभित्र लुकेको स्वार्थ

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!