कामको खोजमा हुनुहुन्छ तर काम पाउनु भएको छैन भने यसो गर्नुस
हजुर कामको तलासमा हुनुहुन्छ तर लाख कोशिश गर्दा पनि काम पाउनुभएको छैन भने आज म यस्ता व्यक्तिहरुको फाइदाको लागी एउटा तन्त्र दिन गइरहेको छु । यो तन्त्र अनेकौं व्यक्तिहरुबाट समय-समयमा प्रयोग भइसकेको छ ।
आफुमा कुनै पनि कमजोरी नहुदा पनि काम नपाउनु दु:खको कुरा हो । यसको पछि कुनै राज हुन सक्छ भन्ने केहीको मान्यता छ । काम गर्नुपर्छ र मात्र त्यसको कदर हुन सक्छ । काम नजानेको व्यक्ति हमेसा दु:खी हुनु स्वाभाविक हो तर सवै कुशल हुदा पनि कामको अभाव हुनु दु:खको कुरा हो ।
आज धर्म संस्कृतिप्रति विश्वास घट्दो छ । यसको कारणले गर्दा यस्ता तन्त्र प्राय: लोपोन्मुख हुदैछन् । यो दु:खको कुरा हो । हामीले यस्ता वैज्ञानिक कुरालाई निराधार मान्दछौं । यदि यस्ता कुरा सत्य नहुदा हुन त यस्ता कुरालाई बढवा दिनुको कुनै औचित्य थिएन तर प्रयोग गरेर प्रयाप्त फाइदा भएका कारण प्रयोगमा आइरहेको छ ।
मेरो उद्धेश्य केवल विश्वास गर्नुपर्छ भन्ने हो जसले प्रयोग गर्छ उसले फाइदा उठाउछ यसमा दुइमत छैन । एकपटक एक जना व्यक्ति उहाँ नेता हुनु हुदोरहेछ । आफ्नो परिचय नदि तन्त्र शास्त्रबाट कसरी लाभ उठाउन सकिन्छ भनेर मलाई सोध्नुभएको थियो मैले उहाँलाई सवै बताई दिएको थिए फाइदा भएकोबारे मलाईपछि जानकारी दिनु भएको थियो ।
आज अनेकौं यस्ता तन्त्रहरू छन् जसलाई हामीले प्रयोग गरिरहेका हुदैनौं र सफल हुनबाट बन्चित छौं । आउनुस् यो कसरी प्रयोग गर्ने भन्नेबारे जानेर फाईदा उठाउँ भन्ने म अनुरोध गर्दछु । यस्ता तन्त्र सिद्ध गरेका हुन्छन् । यदि हजुरलाई पनि केही जानकारी भए शेयर गरेर फाइदा उठाउँ भन्ने म आग्रह गर्दछु ।
तन्त्र प्रयोग गर्ने तरिका जानौं
१. कहि कतै चोट नलागेको वेदाग नीबूवा ल्याउनु होस् र वीचबाट काटेर ४ टुक्रा पार्नुहोस् जब सुर्यअस्त हुनेबेला चौराहामा गएर चारै दिशामा फालिदिनु त्यसै दिनदेखि कामको अभाव समाप्त हुनेछ । ॐ
Like & Follow us on Facebook
यो पनि पढनुहोस्
जीवनमा सुखी र सफल हुन गर्नुहोस् यसो
मन्त्रद्वारा खाना नपच्ने समस्याको उपचार
जीवनमा खुसी हुन र व्यापार बढाउन गर्नुस यसो
के मन्त्र तन्त्रद्वारा पनि रोगको उपचार हुनसक्छ ?
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।