चिकित्सा विज्ञान

एक्सरे किन गरिन्छ ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आजको आधुनिक युगमा रोग पत्ता लगाउन एक्सरे (रेडियोलोजीकल ) जाँच गर्न आवश्यक छ । एक्सरेबाट शरीरको भित्री अंगको जाँच गरेर रोग पत्ता लगाउन सजिलो भएको छ । छातीको एक्सरे गर्दा साँस तानेर एकछिन रोकेर राख्नुपर्छ, यसो गर्दा फोक्सो फुल्छ र एक्सरेमा छातीका अंगहरुको विवरण राम्रोसँग देखिन्छ।

गर्भवती महिलाहरुमा एक्सरेको विकिरणले भ्रुणको विकास क्रममा असर गर्नसक्ने भएकोले अति आवश्यक अवस्थामा बाहेक अरु बेला यो जाँच गरिदैन । हुन त भ्रुणमा यसको असर देखिन आवश्यक विकिरणको मात्रा भन्दा साधारण एक्सरे जाँचहरुमा पर्ने विकिरण धेरै कम हुन्छ ।

यो पनि पढ्नुहोस्

रगत परिक्षण किन गर्ने ?

टाइफाइड र यसको उपचार

ग्याष्ट्रिकको कारण, लक्षण र उपचार

स्वाइन फ्लू (Swine Flu) र यसको उपचार

सास गनाउने समस्या र यसको उपचार

मोतियाविन्दु र यसको उपचार

दाँतको रोग र उपचार

महिनाबारी गडवड र यसको प्राकृतिक उपचार

रोग लाग्नुका कारणहरु

छातीको एक्सरे किन गरिन्छ ?

सामान्यतया निम्न लक्षणहरुका लागि छातीको एक्सरे गरिन्छ ।

१. श्वास बढ्ने ज्वरो आउने भएमा,

२. लगातार खोकी लाग्ने, छाती दुख्ने, खकारमा रगत देखिने भएमा,

३. छातीमा चोटपटक लागेमा

४. निमोनिया, दमको रोग (COPD), क्षयरोग, फोक्सोको क्यान्सर, हार्ट फेलर (Heart Failure) अर्थात मुटुले काम नगरेको अवस्था आदि विभिन्न रोगहरुमा छातीको एक्सरेले रोगको पहिचान र उपचारमा आवश्यक सहयोग पुर्याउँछ ।

छातीको एक्सरे गर्दा एक्सरॆ विकिरणको हानिकारक असर कति हुन्छ ?

प्रत्येक पल्ट एक्सरे गर्दा न्यून मात्रामा एक्सरे विकिरण शरीरमा पार्ने गरिन्छ । यो करिब ०.१ mSv हुन्छ र यो हामीले प्राकृतिक रुपमा करिब १० दिनमा पाउने विकिरण बराबर हुन्छ ।

Like & Follow us on Facebook

एक्सरे गर्दा ध्यान दिइने केहि कुराहरु

१. एक्सरे गर्दा छाती घाटीमा लगाएका धातुका गहना सामानहरु फुकाल्नुपर्छ । यसले एक्सरे विकिरणलाई छेकेर एक्सरे राम्रो नआउन सक्छ ।

२. छातीको एक्सरे गर्दा साँस तानेर एकछिन रोकेर राख्नुपर्छ, यसो गर्दा फोक्सो फुल्छ र एक्सरेमा छातीका अंगहरुको विवरण राम्रोसँग देखिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!