सूचना प्रविधि

आइफोन अब २४ क्यारेट सुनको बन्ने

एजेन्सी, असोज ६। तपाईँलाई सुनको मोवाइल सेट बोक्ने इच्छा छ ? तर प्रशस्त पैसा तिर्नसक्ने उपभोक्ताका लागि यस्ता धातु जडित फोन बनाउन मोवाइल उत्पादक बाहेकका कम्पनीहरु तयार भएका छन् । २४ क्यारेट सुनको आइफोन भन्दा तपाईं अचम्म मान्नु पर्दैन । यो भर्खरै सार्वजनिक भएका नयाँ आइफोन ७ र ७ प्लस विश्वका धेरै जसो देशमा उपलब्ध भइसकेका छन्।

आइफोन इन्टरनेट तथा मल्टीमीडिया चलाउन मिल्ने एप्पल आइएनसीद्वारा बनाइएको तथा बजारमा ल्याइएको एउटा स्मार्टफोन हो । पहिलो आइफोन ९ जनवरी २००७ मा एप्पल आइएनसीका प्रमुख कार्यकारी अधिकृत स्टिभ जब्सले सार्वजनिक गरेका थिए र यो २९ जुन २००७ मा बजारमा आएको थियो ।

सुन बहुमुल्य धातु हो र यसलाई सुखको गहना र दुःखको खजना भन्ने भनाई पनि हाम्रो समुदायमा प्रचलित छ । आइफोन आफैँमा एक प्रिमियम फोन हो तर यसलाई अझै प्रिमियम बनाउन सकिने भएको छ।

२४ क्यारेट सुनले आइफोन ७ लाई प्रिमियम बनाउँछ । भियतनामस्थित कारालक्स स्टुडियोले आइफोनलाई सुनको बनाउने भएको छ। आइफोनको गोल्ड प्लेटिङ प्रक्रियामा ६ देखि ८ घण्टा समय लाग्नेछ। यसमा लेजरको माध्यमबाट नाम, लोगो पनि राख्न सकिनेछ।

24 carat iphone 7 and 7 plus

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!