शास्त्र

रावणले देखेका स्त्रीका आठ अवगुणहरु

रावणले देखेका स्त्रीका आठ अवगुणहरु ! रावण दश शिर भएको लंका भन्ने देशका राजा थिए । वाल्मीकि रामायणको अनुसार रावण सृष्टिकर्ता ब्रम्हाका पनाति पुलस्त्यका नाति र विश्वश्रवा  ऋषिका छोरा हुन् । उनी शिवका परम भक्त तथा नारायणका कट्टर विरोधी हुन् । विश्व विजयी रावण वैदिक १० विषय वेदवेदांगका विद्वान थिए । तर पनि अभिमान र नारीको अपमान गरेकाले उनको पतन भयो ।

विश्वश्रवाकी वरवर्णिनी र कैकसी नामक दुई पत्नि थिए । वरवर्णिनीले कुबेरलाई जन्माएपछी सौतिने डाह वश कैकसीने अशुभ समयमा गर्भ धारण गरेको कारण रावण तथा कुम्भकर्ण जस्ता क्रूर स्वभाव भएका भयंकर राक्षस उत्पन्न भए ।

हिन्दु धर्मका अनुसार रावण एक खलनायकका रुपमा चिनिन्छन् । रावणले अर्काकी पत्नीलाई अपहरण गरेर बन्दी बनाउने जस्तो भूल गरेका थिए । धेरैले रावणका अवगुणका बारेमा मात्र चर्चा गर्छन र उनका गुणहरुको बारेमा चर्चा हुँदैनन ।

तर, रावण एक महापण्डित थिए । उनको समयमा सारा जगतमा रावण जत्तिकै ज्ञानी कोही थिएनन । भलै यो कुरा धेरै कमैलाई मात्र थाहा थियो । रावणको तपस्यामा बहुतै शक्ति थियो । रावणले आफ्नो कर्तव्य निष्ठापूर्वक पालना गर्दथे । रामचरित मानसमा उल्लेख भए अनुसार महापण्डित रावणले स्त्रीहरुका विभिन्न आठवटा अवगुणहरुको बारेमा बताएका थिए ।

पहिलो अवगुण : बहुतै ज्यादा साहस

रावणले बताए अनुसार स्त्रीहरुमा ‘बहुतै ज्यादा साहस’ हुनु पहिलो अवगुण हो । साहस हुनु राम्रो कुरा हो तर, महिलाहरु आफूमा रहेको साहसको प्रायः गलत स्थानमा प्रयोग गर्छन ।

. दोश्रो अवगुण : निरन्तर झुठ बोल्ने बानी

रावणका अनुसार महिलाहरुको दोश्रो अवगुण महिलाहरुमा रहेको ‘निरन्तर झुठ बोल्ने बानी’ हो । यस्तो पनि होइन कि महिलाहरु हरेक क्षण झुठ बोल्छन । तर, उनीहरु विभिन्न कुरा लुकाउन धेरैजसो झुठको सहारा लिन्छन ।

. तेश्रो अवगुण : पुरुषको तुलनामा एकदमै बढी चन्चल हुनु

रावणका अनुसार महिलाको तेश्रो अवगुण ‘पुरुषको तुलनामा एकदमै बढी चन्चल हुनु’ हो । रावणले भनेका छन्, महिलाहरुको मन लामो समयसम्म एउटै विषयमा रहँदैन । केही समयमा नै महिलाहरु आफैले बोलेको कुरामा अडिन सक्दैंनन । जसको कारणले परिस्थिति अस्थिर हुन्छ र विभिन्न समस्या उत्पन्न हुन्छन ।

चौंथो अवगुण : महिलाहरुको माया रच्ने अवगुण

रावणले महिलाको चौथो अवगुण ‘महिलाहरुको माया रच्ने अवगुण’ भनेका छन् । उनका अनुसार महिलामा रहेको एक कला हो । यो बाट आफ्नो स्वार्थका लागि महिलाहरु जान्दछन कि कुन समयमा के गर्नुपर्छ भनेर ।

. पाँचौ अवगुण : एकदमै डरछेरुवा हुनु

रावणका अनुसार महिलाहरुको पाँचौं अवगुण उनीहरु एकदमै डरछेरुवा हुनु हो । उनका अनुसार महिलाहरु एकदमै छिटो डराउँछन । अचानक स्थिति परिवर्तन भयो भने अगाडि के हुने हो भन्ने डर महिलामा हुने गर्छ ।

. छैठो अवगुण : मूर्खता

 रावणले बताए अनुसार ‘मूर्खता’ महिलाहरुको छैठौं अवगुण हो । महिलाहरु भलै एकदमै जेज दिमाग र बुद्धिमान हुन्छन । तर, उनीहरुमा कतिपय अविवेकका अवगुणहरु हुन्छन । जसका कारण बिना सोच समझ महिलाहरु निर्णय लिन्छन र ठूलो समस्यामा पर्छन ।

. सातौ अवगुण : निर्दयता

‘निर्दयता’ रावणले भने अनुसार महिलाहरुमा रहेको सातौं अवगुण हो । महिलाहरु दया पक्कै गर्छन । तर, जुन कुरामा उनीहरुलाई दया आउँदैन । त्यसमा उनहिरु भविष्यमा पनि कहिल्यै दया देखाउँदैनन । यसलाई उनीहरुको हठ नै मान्नुपर्छ ।

आठौं अवगुण : अपवत्रितता

‘अपवत्रितता’ माफ गर्नुहोला, यो कुराले पक्कै पनि तपाईलाई दुख लाग्यो होला । तर, रावणका अनुसार महिलाहरु अपवित्र हुने गर्दछन । उनीहरुमा सर–सफाईको अभाव रहने पनि रावणले बताएको रामचरित मानसमा उल्लेख छ ।

यो पनि पढ्नुहोस् 

चाणक्य नीति अनुसार यस्ता कन्यासंग विवाह गर्दा जीवनमा सधै सफल

चाणक्य नीति अनुसार सुन्दर भएपनि यस्ता गुणहरु हुने स्त्रीसँग बिहे गर्नुहुँदैन

चाणक्यले भनेका स्त्रीका बारेमा ७ रहस्यहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!