स्वास्थ्य

जडिबुटी के हो ? जडिबुटी नै प्रयोग किन गर्ने ?

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

जडिबुटी के हो ?

औषधिय वा रोग निदान गर्न सक्ने गुण भएका वनस्पतिहरु नै जडिबुटी हुन् । विभिन्न संचार माध्ययमहरुमा जडिबुटीसंग सम्बन्धित सामग्रीहरु नियमित जस्तो प्रकाशन तथा प्रशारणमा आउने गर्दछन् ।

नेपालमा हजारौं प्रजातीका जडिबुटी छन ति मध्यमा केहि जडिबुटीको पहिचान भयको भन्ने सुनिन्छ तर यस्ता जडिबुटीबाट उपचार भएको जानकारी कम पाईन्छ । जडिबुटी छ तर यस्को ठोस जानकारी पब्लिकलाई नहुनाले त्यसै खेर गएको जन गुनासो सुनिन्छ ।

नेपाली बेरोजगार हुनुको पहिलो कारण भनेको पब्लिकलाई के गराउदा आर्थिक स्तर उठाउन सकिन्छ भन्नेतर्फ सरकारकै ध्यान पुग्न नसक्दा पब्लिक मर्कामा परेको छ भन्दा खासै फरक देखिदैन । आज नेपाली बजार विदेशी जडिबुटीबाट बनेको औषधिले भरिएको छ । नेपाली उत्पादन धरासायी भएको छ ।
हामीले जडिबुटीलाई दुई समुहमा बाडेका छौं ति जडिबुटी मध्ये केहि पाहाडि भेगमा पाइने र केही तराई भेगमा पाइने जडिबुटी छन् । तराई बेल्टमा पाइने जडिबुटी चमत्कारीक गुण भएका छन् । यस्ता जडिबुटी प्राय लोपोन्मुख हुदै छन् ।

जडिबुटी नै प्रयोग किन गर्ने ?

झण्डै ४५ प्रतिशत भू-भाग वनजंगलले ढाकिएको र वहुमूल्य जडिबुटी पाइने र मूल्यवान जडिबुटीको खेती व्यवसायको समेत सम्भावना बोकेको मुलुकमा यो क्षेत्रको चर्चा सुनिँदैन यो सेक्टरको व्यवसायीककरण भएमा रुख र जडिबुटी पनि मुलुकमा जलविद्युत र पर्यटन क्षेत्रले जस्तै समृद्धि ल्याउन सक्ने सम्भावनाको वाहक हो भनी पहिचान गराउने यो लेखको आशय हो ।

आज नेपालमा प्रसस्त जडिबुटी छन् तर उपयोग वीहिन देखिन्छन् । नेपालमा पाइने चमत्कारिक जडिबुटी हेर्दा विश्वको आँखा नेपालमा रहेको तर नेपालीको ध्यान यसतर्फ नपुगेको हेर्दा दिक्क लाग्नु कुनै आसचर्यको कुरा रहेन । नेपालको वैज्ञानिक वनमा यदि जडिबुटीको खेती गर्न सके प्रसस्त आय लिन सकिने देखिन्छ ।

यस्तो प्राकृतिक स्रोतको अपार सम्भावना हुँदाहुँदै पनि हामीलाई मुख्य दुई कारणले गरिव बनायो । प्रथम कारण हो- हामीले हाम्रो श्रोतको पहिचान गर्न सकेनाैं र दोश्रो कारण हो, पहिचान भएका श्रोतको व्यवसायीककरण गर्न सकेनौँ । यहाँ सवैभन्दा महत्वपूर्ण कुरा के छ भने सरकारले जडिबुटीको पहिचान गर्न सके क्यान्सर देखि एड्स सम्मको औषधि हाम्रो जंगलमा छरिएको र यस्ता कतिपय जडिबुटीको पहिचान गर्न नसक्दा राष्ट्रले घाटा वेहोर्नु परेको छ यस तर्फ सबैको ध्यान जावस भन्ने मेरो मान्यता हो ।

गरीब नेपाल होइन गरीब त नेपालीको बुद्धि देखिन्छ । अरूको नक्कल गर्ने तर स्वयम् केहि गर्न नसक्ने परिपाटीले देश धरासायी तर्फ उनमुख हुदैछ । नेपाली सक्छम हुदाँ हुदै पनि विदेशी लाई फाइदा उठाउन दिनु भनेको कमिसनको खेल त होइन भन्ने कुरा विदेशी आयुर्वेदिक कंम्पनिलाई नेपालमा उधोग लगाउन दिनाले प्रष्ट भएको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!