खानपान

योगको धार्मिक महत्व

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

धार्मिक बिश्वास अनुसार भगवान शिव्द्वारा अनुशरण गरिएको पद्धति, योग शब्दको सामान्य अर्थ सम्बन्ध हो । तर महर्षि पतञ्जलीको सिद्धान्त अनुसार चित्तको वृत्तिलाई वास्तविक निरोध गर्नु नै योग हो । महर्षि पतञ्जलीका अनुसार योगश्चितवृत्तिनिरोध अर्थात् योगलेचित्तवृत्तिको निरोध गर्दछ ।

हाम्रो अस्थिर मनलाई स्थिर बनाउनु नै योग हो । हाम्रो मनमा अनेक प्रकारका राम्रा नराम्रा वृत्ति उतपत्ति र लय भईरहेको हुन्छ । योगले मानिसमा आफूभित्र रहेको रोगलाई निरोध गर्न सक्छ । योगको अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सवलता, जीवनबाट ब्रहृम, प्रत्यक्षबाट परोक्ष एवं सीमितबाट असीमिततर्फको आध्यात्मिक यात्रा हो योग ।

योग केवल मानिसले मात्र होइन पसु पन्छीले समेत गरेको पाइन्छ । योगद्वारा हामीले थुप्रै स्वास्थ्य लाभ लिन सक्छौं । दैनिक केवल एक घण्टा योग गर्न सके आयुलाई समेत स्थिर राख्न र यो प्राकृतिक शरीरलाई प्राकृतिककै माध्यमबाट परिवर्तन गर्न सक्नेछौं ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

थप सम्पर्कको लागि

डा. राम बहादुर बोहरा

कुमारवर्ती हेल्थ क्लिनिक/कुमारवर्ती औषधालय/ बोहरा होम्योपैथिक फार्मेसी

मध्यबिंदु नगरपालिका, नवलपरासी, नेपाल

सम्पर्क : ९८५७०-४०२९८, ०७८-४१००२९

यो पनि पढनुहोस्

पालुङ्गोको साग र यसको फाइदा

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!