पर्यटन

इलाममा चट्टान आरोहणस्थल बन्यो

१५ असोज, इलाम । साहसिक खेल पर्यटनको विकास गर्ने उद्देश्यले इलाम नगरपालिका–७ महभिरमा चट्टान आरोहणस्थल निर्माण गरिएको छ । मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिको १० लाख र स्थानीय श्रमदानबाट चार लाख १२ हजार खर्च त्यसमा लागेको थियो ।

पूर्वमा नै पहिलो पटक इलाममा सफल परीक्षण भएको चट्टान आरोहणप्रति सर्वसाधारणको आकर्षण बढेको छ ।चट्टानी भिरमा नेपाली सेनाको कालीध्वज गणको प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले बताए ।

नेपाली सेनाका जवानले पाँच प्रकारका आरोहणका शैली प्रदर्शन गरिसकेका छन् । काठमाडौँ र पोखरामा सफल परीक्षण भइसकेको चट्टान आरोहण पूर्वी नेपालको इलाममा सफल परीक्षण भएको छ । यस क्षेत्रलाई साहसिक खेल पर्यटनको गन्तव्य बनाउन सकिने मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका निर्देशक द्यौराली बताउँछन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!